सिम्रिकले पूर्वका तीन स्थानबाट पाथीभरा उडान गर्ने

सिम्रिकले पूर्वका तीन स्थानबाट पाथीभरा उडान गर्ने

इलाम : सिम्रिक एयरले पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउँदै पूर्वका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वका तीन स्थानबाट पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने भएको छ। 

सिम्रिकले इलामको ऐतिहासिक खलंगा रहेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडा, धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका चिफ एक्ज्युकेटीभ अफिसर योगेश सापकोटाले जानकारी दिए । 

पूर्णेडाँडाबाट १७ मिनेटमा पाथीभरा पुग्ने दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वका स्थानमा नयाँ प्रोडक्ट थप गरेको सापकोटाले जानकारी दिए । 'यसले पूर्वाञ्‍चलको नयाँ गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका छौं,' सापकोटाले भने ।

सिम्रिकले इलामबाट २८ हजार ९९९ रुपैयाँमा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ रुपैयाँमा र सुकेटारबाट ६ हजार ९९९मा भ्रमण गराउने सापकोटाले जानकारी दिए। 

इलाम प्रतिनिधि आचार्यले 'गाडीमा यात्रा गर्न सहज नहुने दर्शनार्थीका लागि यो नौलो अवसर भएको बताए। 'सिम्रिकले गत वर्ष भेडेटार- पाथीभरा सेवा प्रदान गरेका थियो। यस वर्ष पहिलो चरणमा भेडेटारबाट र त्यसपछि इलामको पूर्णेडाँडाबाट उडान सञ्चालन गर्ने सापकोटाले जानकारी दिए। 

इलामबाट भारतको दार्जीलिङ, सिक्‍किम, सिलिगुडीसहितका दर्शनार्थीलाई पाथीभरा दर्शका लागि सहज हुने सापकोटाको भनाई छ । इलाममा बुकिङ सुरु गरेको आचार्यले जानकारी दिए।
 
पर्यटन वर्षको पहिलो दिन दिपावलीसहितका कार्यक्रम 

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षको पहिलो दिन पुस १६ गते इलाममा दिपावली, पदयात्रासहितको कार्यक्रम गर्ने तयारी गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले पुष १६ गतेको उद्घाटन सत्र भव्य बनाउन सबै स्थानीय तहसँग छलफल सुरु गरिसको बताए । उनले सचिवालय समिति गठन गर्ने, स्थानीय तहका केन्द्रमा दिप प्रज्वलन गर्ने, पर्यटकीयस्थलमा सरसफाई कार्यक्रमको तयारी गरिएको जानकारी दिए । 

पुस १६ गते इलामको रोङ गाउँपालिकाको जोरकलशमा उद्घाटन, सोहिदिन रोङ गाउँपालिकाले प्रचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष समशेर राईले बताए ।

रोङ गाउँपालिकादेखि इलामको पाथीभरा मन्दिरसम्मको पैदय यात्रा समेत आयोजना गरेको बरालले बताए । पूर्वी पहाडी क्षेत्रको प्रवेशद्धार रहेकाले संस्कृति झल्किने खालको स्वागतद्वार निर्माण गरिने पर्यटन भ्रमण वर्ष तयारी समिति रोङ गाउँपालिकाका संयोजक मात्रिका बरालले बताए ।

भ्रमण वर्षकै अवसरमा सन्दकपुर पर्यटकीय क्षेत्रमा अउाने पर्यटकका लागि बस्नका लागि टेन्टको व्यवस्था गर्ने, अन्तर गाउँपालिका स्तरीय समन्वयात्मक कार्यक्रम गर्ने तयारी गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । 
नगरपालिकाले भ्रमण वर्षको अवसरमा इलाम चोक बजारमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गर्ने, धोविधारामा संखधर साक्ख्वाको प्रतिमा राख्ने, चिया बजारको लभडाँडामा नेपाली चियाको पहिलो रोपण गर्ने गजराजसिंह थापाको प्रतिमा राख्ने लगायतका योजना रहेको इलाम नगरपालिकाले जनाएको छ । 

देउमाई नगरपालिकाले भ्रण वर्षको अवसरमा गुफाथुम्कि, पानीटार, सिद्धिथुम्का चुली र कुइभिरसम्मको पदमार्ग गरिनुका साथै चियाको राजधानी रहेको पानिटारमा ३ दिने महोत्सव आयोजना गरिने नगरपालिकाका प्रवक्ता दावा तामाङले बताए । 

माङ्सेबुङ्ग गाउँपालिकाले माङ्वालुङ्ग, गजुरमुखिधाम, लारुम्बालगायत क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले जानकारी दिए। माइजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराईले पर्यटकको स्वागतका लागि होमस्टे स्थापना गरि प्रचारात्मक काम गरिरहेको बताइन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.