प्रशासकीय अधिकृतलाई सांसदको धम्की

प्रशासकीय अधिकृतलाई सांसदको धम्की

जनकपुरधाम : सर्लाहीको कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई प्रदेश २ का प्रदेशसभा सदस्य सञ्जय यादवले कुट्ने धम्की दिएका छन्। सर्लाही क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित यादवले नगरपालिकाको हिसाब माग्ने बहानामा धम्की दिएको भन्दै अधिकृत महतोले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। यादवले नगरसभा विधी सम्मत नभएको, आर्थिक अनियमितता भएको भन्दै धम्की दिएपछि महतोले सुरक्षा माग गरेका हुन्।

नगरपालिकाको सम्पूर्ण हिसाब दिन आफु तयार रहे पनि पैसाको हिसाब मागेको तर आफुले दिन नसक्ने बताएपछि धम्की दिएको महतोले बताए। ‘नगरसभा प्रक्रियागत रुपमा भएको छ’, महतोले भने, ‘नगरसभा प्रक्रियागत ठहर नभए म जागिर छोड्न तयार छु।’ आफू नगरपालिकामा आएदेखि पटक पटक धम्की दिने गरेको उनले ज्ञापन पत्रमा उल्लेख गरेका छन्। यसअघि पनि सांसद यादवकै कारण दुइजना अधिकृत नगरपालिकामा बस्न नसकेको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

आफूसँग हिसाब नमागेर काम गर्न बाहिरबाट आएका कर्मचारीलाई धम्की दिनु गलत भएको नगरप्रमुख कौशलकिशोर रायले बताए। महालेखा परिक्षण हुन बाँकी छ। लेखा परिक्षक हुने बित्तिकै एक–एक हिसाब जनतालाई राखेर सुनाउने प्रमुख रायको भनाइ छ। ‘लेखामा माननीयज्यूको कर्मचारी नराख्दा समस्या उत्पन्न गर्दै आउनुभएको छ’, नगरप्रमुख रायले भने। सांसद यादवको मानिसलाई लेखामा राख्दा नगरपालिकाको हिसाब गोलमाल भएको रायको आरोप छ। ‘उहाँकै कारण दुइजना प्रशासकीय अधिकृत बस्न नमानेर सरुवा भए’, नगरप्रमुख रायले भने।

नगरपालिकाको हिसाब माग्दा प्रशासकीय अधिकृतले आलटाल गरेको सांसद यादवको भनाइ छ। ‘नगरपालिकामा चरम लापरबाही भएको छ। हिसाब किताब लथालिंग छ’, उनले भने, ‘नगरपरिषद हुँदा बोर्डका १५ सदस्यले विरोध गरेको थियो। विरोधको बाबजुद पनि एक्लै नगरपालिकामा अगाडि बढ्न खोजेपछि हिसाब मागेको हुँ।’ सांसद यादवले हिसाब माग्दा धम्की दिएको भन्दै आफ्नो चरित्र हत्या गर्न लागेको दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.