पृथ्वीनारायण शाह गोरखाबाट काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा

पृथ्वीनारायण शाह गोरखाबाट काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा

गोरखा : ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्रा सुरु गरेको छ । 

राज्य एकीकरणका बेला पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्गको रुपमा विकास गर्न नेपाली सेनाको एक टोलील शुक्रबार बिहान गोरखा दरबारबाट यात्रा सुरु गरेको हो ।

गोरखा, धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते काठमाडौँ पुग्ने उद्देश्यका साथ एकीकरण पदमार्गमा यात्रा सुरु गरेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले जानकारी दिए ।

गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रममा सेनाका पश्चिम पृतनापति उपरथि गोकुल भण्डारी, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा टोलीलाई बिदाई गरे । 

नेपालको राष्ट्रिय झण्डा, टर्च लाइट, नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डासहित सेनाको टोली पदयात्रामा निस्किएका थिए।

टोलीमा ३० जना नेपाली सेना, १० जना पृथ्वीनारायण शाहाकालीन पोशाकका गुरुजीका पल्टन, ६ झण्डाधारी, एक जना टर्च लाइटबाहक, ब्याण्ड र नौमती बाजासहित सह सेनानी इन्द्रबहादुर खत्रीको नेतृत्वको टोलीले पदयात्रा सुरु गरेको हो ।

टोली गोरखाको अश्राङ, बोर्लाङ, बोर्लाङघाट हुँदै धादिङको सेनालाई उक्त झण्डा, टर्च हस्तन्तरण गरेर फर्कनेछ । धादिङको टोलीले नुवाकोटको टोलीलाई यात्रा हस्तान्तरण गर्नेछ भने नुवाकोटको टोली पुस २७ गते काठमाडौँमा हुने पृथ्वी जयन्तीको कार्यक्रममा सरिक हुन पुग्ने कार्यक्रम तय गरिएको गणपति उज्वल केशीले बताए । 

कार्यक्रममा पृतनापति भण्डारीले इतिहासको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजना अनुसार तत्कालीन सेनाले प्रयोग गरेका मार्गको पहिचान गर्न पदयात्रा गरिएको बताए । कोट, किल्ला, गढीको इतिहास सेनासँग जोडिएकाले प्रधानसेनापतिको मार्गनिर्देशन अनुसार कार्यक्रम तय भएको विदाइ कार्यक्रममा उनले बताए । 

सेनासँग जोडिएका इतिहासको संरक्षण गर्ने दायित्व सेनाको पनि भएको उनको भनाइ छ  । नगरप्रमुख राजनराज पन्तले इतिहास जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाइदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले अहिले सेनाले पदयात्रा गरेको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सहयोग गर्ने बताए ।

भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले पदमार्ग पर्ने गाउँपालिका भएकाले नेपाली सेनालाई पदमार्गको संरक्षण र प्रर्वद्धनको काममा सघाउने बताए । 

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पृथ्वीनारायण शाहको स्मरणमा पदयात्रा गर्नु प्रचारप्रसार र सम्झनाको राम्रो माध्याम भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.