रामचन्द्र पौडेलको प्रश्न : बोल्न नपाइने कस्तो समृद्धि ?

रामचन्द्र पौडेलको प्रश्न : बोल्न नपाइने कस्तो समृद्धि ?

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्धिका लागि कानुन बनाइने भन्दै नागरिक अधिकारलाई खुम्च्याउन सरकार लागि परेको आरोप लगाएका छन्। बिहीबार तनहुँ सदरमुकाम दमौलीमा सुरु सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले अहिले बन्न लागिएका मिडिया काउन्सिलसहित सबै कानुन नागरिकको अधिकार खुम्च्याउने नियतले ल्याउन लागिएको बताएका हुन्।

'समृद्धि ल्याउने भनेर बोल्न नदिने यो कस्तो समृद्धि?' उनले प्रश्न गरे 'लोकतन्त्रमा सरकारले अधिनायकवादी शैली अपनाउन खोज्यो।' देशलाई उत्तर कोरिया बनाउन खोजिएको छ' उनले भने 'यसको विरोध जरुरी छ।' रेल र पानी जहाजको कुरा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालको कुरा नगरेको आरोप लगाए।
पौडेलले सडक अझै कच्चा रहेको तर स्तरोन्नति नगरेर ठूला कुरा गरेको आरोप लगाए।

नेता पौडेलले फरक पार्टी भए पनि स्वार्थका लागि नेता मिलेको भन्दै घुमाउरो पारामा सभापति शेरबहादुर देउवा प्रति कटाक्ष गरे। सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका उनले पार्टीलाई पनि सुधार गर्नुपर्ने बताए। पार्टीलाई भ्रष्टाचार र विकृतिबाट मुक्त गर्ने लडाई शुरू भयो,' केही दिन अघि सभापतिको भेला गरेको सँम्झदै उनले भने 'आम कार्यकर्ताले कारबाही गर्छन्।' तर पनि कांग्रेसको विकल्प नभएको पुष्टि हालैको उप चुनावले गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.