मनास्लु पदमार्गको चार ठाउँमा हिउँ पहिरो, स्थानीयबासी त्रसित

मनास्लु पदमार्गको चार ठाउँमा हिउँ पहिरो, स्थानीयबासी त्रसित

गोरखा : निरन्तरको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गमा चार ठाउँमा हिउँ पहिरो गएको छ। चुमनुब्री गाउँपालिका-२ भर्जमस्थित आसपासमा तीन ठाउँमा र वडा नं ४ स्थित नाम्रुङ आसपासमा हिउँ पहिरो गएको हो।

नाम्रुङ गाउँभन्दा करिब पाँच सय मिटरमाथि बिहान पौने १२ बजे हिउँ पहिरो खसेको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए। पहिरो करिब पाँच सय मिटरमाथिबाट बूढीगण्डकी नदीमा खसेको उनले बताए। त्यस्तै वडा नं. २ को भर्जम गाउँभन्दा माथि, गाउँभन्दा तल र भर्जमथाङ्का भन्ने ठाउँमा  हिउँ पहिरो गएको वडाध्यक्ष पेम्बारेता लामाले बताए। गाउँ आसपास हिउँ पहिरो झरेपछि स्थानीयबासी त्रसित भएको लामाको भनाई छ। ‘जताततै पहिरो झरेपछि गाउँलेहरु घरभित्रै बसिरहेका छन्’, उनले भने, ‘डरले पहिरो हेर्न जान पनि सकेका छैनन्। खतरा हुनसक्ने भएकाले मैले पनि कोही पनि बाहिर ननिस्कनु भनेको छु।’ भिरालो ठाउँमा हिउँमाथि हिउँ खात लागेपछि हिउँ पहिरो झर्ने र यसले ठूलाठूला रुखसमेत बगाएर जंगल नाश गर्ने उनले बताए।

हिउँ पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको ४ नम्बरका वडाध्यक्ष पेमाडुण्डुप लामाले बताए। ‘करिब पाँच सय मिटर माथिदेखि बूढीगण्डकी नदीसम्म पहिरो खसेको छ’, उनले भने, ‘ठूलाठूला सल्लाका रुखहरु समेत पहिरोमा बगेर आएका छन्।’ हिमपात र हिम पहिरोमा  परी धेरै संरक्षित वन्यजन्तु नष्ट भएको हुनसक्ने उनले बताए।

शुक्रबार दिनभरि पहिरो झरिरहेकाले मौसम सफा नहुञ्जेल पहिरो पन्छाउने नजान आग्रह गरेको उनले बताए। पहिरोले ल्हो र प्रोकबीचको पदमार्ग अवरुद्ध भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लार्के प्रहरी चौकीले पहिरो आसपास मान्छेलाई आवतजावत गर्न रोकेको एसपी ओम अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.