छिमेकतिर फैलिँदै चिनियाँ भाइरस, नेपालमा पनि त्रास

छिमेकतिर फैलिँदै चिनियाँ भाइरस, नेपालमा पनि त्रास

बेइजिङ : चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ ।

चीनमा गत डिसेम्बरदेखि अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढीलाई यसका बिरामी छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो ।

मार्स नामको उक्त संक्रमणबाट ७ सय ७४ जनाको मृत्यु भएको थियो । चिनियाँहरु नयाँ वर्षको तयारीमा रहँदा रहस्यमयी भाइरसको संक्रमणका कारण चिन्ता बढेको छ । चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस थाइल्याण्ड, फिलिपिन्स, जापान र दक्षिण कोरियामा समेत देखिन थालेको छ ।

जसकारण चिनियाँ स्वास्थ्यकर्मी सँगै विश्व स्वास्थ्य संगठनका अधिकारीले पनि यसमा चासो देखाएका छन् । कोरोना भाइरस यसअघि पनि चीनमा देखिएको थियो । कोरोना भाइरसका बिरामीमा सामान्यतः रुघाखोकी र ज्वरो आउँछ ।

स्वासप्रस्वासमा समस्या आउनुका साथै न्युमोनिया समेत देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् । वुहानमा मात्रै एक सय ७० बिरामीले अस्पतालमा उपचार गराउँदै छन् । जसमध्ये नौजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

नेपालमा पनि त्रास

अघिल्लो हप्ता चीनको वुहानबाटै एकजना नेपाली काठमाडौँ आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी स्वास्थ्य जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

चिकित्सकहरुले उनलाई कोरोना भाइरसकै आशंका गरे । चेकजाँचको क्रममा ती व्यक्तिमा उक्त भाइरसको संकेत नभेटिएको बताइएको छ । यद्यपि चीनबाट फर्किएका नेपाली विद्यार्थी लगायत व्यक्तिमा उक्त संक्रमण लाग्ने आशंका गरिएको छ । छिमेकी मुलुकमा पनि विस्तार भइरहँदा नेपालमा पनि शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.