पर्वतमा भेटियो प्लास्टिकको चामल

पर्वतमा भेटियो प्लास्टिकको चामल

कुश्मा : पर्वत सदरमुकाम कुश्माबजारमा प्लास्टिकको चामल भेटिएको छ । कुश्माबजारस्थित मेलमिलाप चोकका प्रेम जैसी लामिछानेले किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको हो ।

लामिछानेको घरमा सोमबार बिहान पकाएको भात खाने बेलामा फरक गन्ध र सिता समेत अर्कै देखिएपछि डल्लो पारेर हेर्दा प्लास्टिकको भएको पुष्टि भएको हो । डल्ला पारेर भुइमा फाल्दा क्रिकेट बल जस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भन्दै अच्चममा परेका थिए ।

भातको डल्ला तीन÷चार मिटर माथिसम्म उफ्रिएको थियो । प्लास्टिकको चामल गणेश खाद्य उद्योग पुरानो पर्साबजार चितवनले उत्पादन गरेको जिरा मसिनो ब्रान्डको हो ।

लामिछानेले केही दिन पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिएको बताए । यो पाक्न समेत लामो समय लाग्ने र चिसो भएपछि खान नसकिने बनेको थियो । सोमबार बिहान चामलको बोरा खोलेर उनीहरूले पकाएका हुन् ।

उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारी हेर्दा उफ्रिएपछि शंका लागेको बताए । सोमबार बिहान यस्तो समस्या देखेपछि तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई लामिछानेले खबर गरेपछि पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

शंकास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुश्माबजारमा बिक्रीका लागि रोक लगाइएको सहायक प्रजिअ सवेदीले बताए । २५ किलोग्राम तौलको बोरामा यो समस्या देखिएको हो । उक्त पसलमा स्टक भएका सबै चामल सिल गरी सम्बन्धित कम्पनीमै पठाउने तयारी भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.