यौनकाण्डमा पक्राउ परेका पास्टर जोशीको नाममा दुईलाख बक्यौता
गोरखा : आफ्नै विश्वासीमाथि यौनशोषणको आरोपमा पक्राउ परेका ललितपुरको आशा चर्चका धर्मगुरु (पास्टर) ध्रुव जोशीलाई यसअघि पनि यौन शोषणको आरोप लागेको खुलेको छ ।
गोरखा नगरपालिका ६ छहरे निवासी जोशीको पसलमा काम गर्ने साली नाता पर्ने एक युवतीले आत्महत्या गरेपछि २०६९ सालमा उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको थियो ।
युवतीको शव जोशीको घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।जोशीबाट यौन शोषणमा परेर गर्भवती भएकाले आत्महत्या गरेको आरोप स्थानीयबासीले लगाएका थिए । सो घटनापछि जोशी गोरखाबाट भागेर सम्पर्कविहीन थिए।
पास्टर जोशीको नाममा महेन्द्रज्योति माध्यमिक विद्यालयमा दुईलाख चारहजार रुपैयाँ बेरुजु रहेको छ । २०६९ सालमा सो रकम शौचालय बनाउने भनेर पेश्की लिएको र शौचालय नै नबनाई सम्पर्कबिहीन भएको प्रधानाध्यापक भाइकाजी श्रेष्ठले जानकारी दिए ।
'आफै अध्यक्ष भएका बेला शौचालय निर्माण गर्न भनेर पेश्की लिएको तर शौचालय नै नबनाई विद्यालयको रकम हिनामिना गरेका हुन्, श्रेष्ठले भने, 'हामी अब उनीविरुद्ध उजुर गर्ने तयारी गर्दै थियौं तर पक्राउ परे भन्ने सुनियो,' अब के गर्ने भनेर निर्णय गर्न नसकिएको प्रअ श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !