मनाङेको प्रश्‍न : ठगलाई झापड नहानेर के माला लगाउने त ?

मनाङेको प्रश्‍न :  ठगलाई झापड नहानेर के माला लगाउने त ?

पोखरा : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूले ठगलाई झापड हानेको बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयमा प्रष्ट पार्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। मंगलबार पोखरामा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटन समारोहमा उनले मिलनलाई झापड हानेका थिए। 

‘मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको हुँ। तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेँ’, पत्रकार सम्मेलनमा मनाङेले भने, ‘के ठगलाई झापड नहानेर माला लगाउने त ?’ उनले ठगलाई आफूले मात्र नभएर सबैले झापड हान्नुपर्नेसमेत बताए। 

एन्फा अध्यक्ष गुरुङले बुधबार नै पत्रकार सम्मेलन गरेर सांसद मनाङेविरुद्ध प्रहरीमा उजुरी दिने बताए लगत्तै उनले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्। 

उनले एन्फा अधयक्ष गुरुङले भ्रष्टाचार गरेको आरोपसमेत लगाए। उनले आफूले दिएको झापड नै कानुन भएको समेत बताए। उनले ठगलाई झापड हान्दा ठूलो विषय किन बताइयो भन्दै प्रतिप्रश्न गरेका छन्।  पत्रकारले झापड हानेर सही गर्नु भएको हो भनेर सोधेको प्रश्नको जवाफमा उनले भने, ‘मलाई राम्रो लागेको छ। तपाईंलाई नराम्रो लागेको भए लेख्नुहोस् न !’ 

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आफू रावणतिरको परेकाले आफूलाई झापड हान्दा मज्जा आउनेसमेत बताए। ‘मैले झापड हानेको तपाईंलाई मन परेन। तपाईंहरु गान्धितिरको हुनुहुँदोरहेछ’, उनले भने, ‘म चाहिँ रावणतिर परेँ, झापड हान्दा मज्जा लाग्छ।’

उनले ठगी गर्नेलाई ठीक ठाउँमा ल्याउन झापड हानेकाले यो विषयलाई ठूलो नबनाउन आग्रहसमेत गरे। ‘मैले ठगी गर्नेलाई झापड हानेको हुँ’, उनले भने, ‘यो विषयलाई ठूलो बनाउनुपर्ने आवश्यकता छैन।’  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.