मरुभूमिमा हुइँकिने बाइक चित्लाङमै

मरुभूमिमा हुइँकिने बाइक चित्लाङमै

काठमाडौैं : साहसिक गतिविधिमा रमाउन र चारपांग्रे बाइकलाई दौडाएर मजा लिन मरुभूमिमा बस्नेको शोख हुने गर्छ। मरुभूमिमा जति हुइँक्याउन सकियो उति नै साहसिक अनुभूति हुने चारपांग्रे मोटरसाइकल नेपालमा पनि आइपुगेको छ। खासगरी जति खाल्डाखुल्डी र अप्ठ्यारो बाटो हुन्छ उति नै दौडाउन मजा आउने क्वाड बाइक चित्लाङमा सञ्चालन भइरहेको छ।

काठमाडौंबाट चन्द्रागिरि हुँदै जम्मा १९ किलोमिटर दूरी पार गरेरै पुग्ने गन्तव्य हो चित्लाङ। मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गरेको चित्लाङ बाख्राका चिज पाइने स्थानको रूपमा परिचित छ। अब भने यहाँ एक नयाँ साहसिक प्रडक्ट पनि थपिएको छ। पछिल्लो समय चन्द्रागिरिबाट केबलकारमा जाने र दुई घण्टाकै यात्रामा पुगिने छोटो पर्यटकीय गन्तव्यको रूपमा रहेको चित्लाङ यहाँ भएका विशेषतासँग रमाउन पनि उपयुक्त गन्तव्य छ।

चित्लाङलाई बाख्राको चिज, ग्रामीण पर्यटनको अनुभव, होमस्टेको उचित बसाई र मार्खुमा रहेको इन्द्रसरोबरमा गर्न सकिने जलयात्रासँग जोडेर हेरिने गरिन्छ। अब यसको नयाँ परिचय थपिएको छ। मरुभूमिमा कुद्ने क्वाड बाइक हुइँक्याउन पाइने गन्तव्यका रूपमा यसलाई लिन थालिसकिएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा चित्लाङले साहसिक पर्यटन प्रवद्र्धन गर्न र युवा पुस्तालाई आकर्षित गर्न क्वाड बाइक चलाउने सुविधा थपिएको हो।

के हो क्वाड बाइक ?

क्वाड बाइकमा चारवटा पांग्रा भएकाले सजिलै कुदाउन सकिने र लड्ने सम्भावना न्युन भएको एक प्रकारको मोटरसासाइकल हो। यसलाई एटीभी (अल टेरेन भ्याइकल) का नामले पनि चिन्ने गरिन्छ।

यसको इन्जिन दुई सय सीसीको छ। तर, यसले एक पटकमा १६० केजीसम्मको क्षमता भएको हँुँदा यो बाइकमा एक पटकमा एक जना मात्रै बसेर हुइँकिनु पर्छ। देख्दा ट्याक्ट्ररजस्तो देखिने र स्कुटरझै हुइँक्याउन सकिन्छ। यसमा अगाडि, पछाडि र न्युटल राख्ने गरी गियरसमेत छ। मोटरसाइकल वा स्कुटर चलाउन सक्नेले भने तुरुन्तै यसलाई हुइँक्याउन सक्छन्। यी दुवै साधन चलाउन नसक्नेले पनि १०/१५ मिनेटमै सहजै सक्ने दाबी यसलाई नेपाल भिœयाउने संस्था ‘द एड्भेन्चर गियर प्रालि’का अपरेसन इन्चार्ज माधव खतिवडाले बताए।

चीनबाट ल्याएको यो बाइक एक महिना अगाडि मात्रै चित्लाङ आइपुगेको हो। नेपालमा पहिलो पटक भित्रिएको र साहसिक राइडिङको मज्जा लिने युवाका लागि यो बाइक निकै आकर्षण रहेको द एड्भेन्चर गियरका प्रबन्ध निर्देशक बलराम महर्जनले बताए।

पाँच जना युवाको लगानीमा भित्रिएको यो साहसिक राइडिङको बाइक चित्लाङको ब्रान्ड बनाउने र क्वाड बाइक कुँदाउन चित्लाङ जानुपर्छ भन्ने सन्देश दिन खोजिएको हो। यो बाइकले चित्लाङ रिसोर्टसँग सहकार्य गरेर ग्राहकलाई प्याकेजसहित सञ्चालन गरेको महर्जनले बताए। मुगेन्द्र गौतम, अशोक ढकाल, गुणराज गौतम, महर्जन र सुदर्शन गौतमको संयुक्त लगानीमा पाँच वटा बाइकबाट सेवा सुरु भएको हो। छिट्टै अर्को पाँच वटा पनि थप गर्ने गरी कार्ययोजना तयार भइरहेको महर्जनले बताए। उनका अनुसार एउटा बाइक ल्याउँदा करिब १२ लाख रुपैयाँ खर्च भएको छ।

चित्लाङ रिसोर्टसँगको सहकार्य

क्वाड बाइक चलाउन र यसका लागि आउने पाहुँना तथा आगन्तुकका लागि बसोबास गर्ने, खानपानसहित सञ्चालनको जिम्मा चित्लाङ रिसोर्टले लिएको छ। यसबाहेक प्रतिव्यक्ति तीन हजार शुल्क लिएर रिसोर्टले यो बाइक कुँदाउन पाउने व्यवस्था मिलाएको छ। बाइक रिसोर्टमै रहन्छ। अरु रिसोर्टमा बस्ने तथा इच्छुक जो कोहीले पनि तोकिएको शुल्क तिरेर बाइक चलाउन पाउने जानकारी चित्लाङ रिसोर्टका सञ्चालक शैलेश नेपाल बताउँछन्। उनका अनुसार रिसोर्टले बाइक सञ्चालनसहित प्याकेज बनाउने, ग्राहक आकर्षण गर्ने र चितवनको नयाँ प्रडक्ट बनाउन यसलाई ब्रान्डिङ गर्ने जानकारी पनि दिए।

नेपालका अनुसार चित्लाङ चिनाउने यसको अर्को अर्गानिक भिलेज रिसोर्ट पनि छ। चित्लाङ रिसोर्ट र अर्गानिक भिलेज दुवैमा आउने ग्राहकलाई क्वाड बाइक उपलब्ध हुनेछन्। साथै अन्य रेस्टुरेन्ट तथा होमस्टेमा बस्ने ग्राहक र बाइक मात्रै चलाउन आउनेले यसलाई चलाउन पाउँछन्।

कहाँ हुइँक्याउने ?

यो बाइक सामान्यतया सडकमा कुदाउने सवारी साधान होइन्। यसलाई सवारी आवागमन भइरहने बाटोमा कुदाउन पनि पाइँदैन। यसको खास रुट नहुने र कच्ची बाटो वा पानीमा कुँदाउँदा बढी आनन्द आउँछ। चित्लाङ रिसोर्टले भने वरपरकै कच्ची बाटोको करिब ६ किलोमिटर दूरीमा यसलाई हुइँक्याउने व्यवस्था मिलाएको छ। यो बाइक पानी जमेको खोला, खोल्सा वा बाटोमा कुँदाउँदा आनन्द लिन सकिन्छ। चित्लाङ आइपुगेका पर्यटकलाई तीन हजार रुपैयाँ शुल्क लिएर यो बाइक हुइँक्याउने सुविधा पाउन सकिने जानकारी नेपालले दिए।

पाँच वटा थपिँदै

चीनबाट भित्रिएका यो बाइकमा लगानी बढाउन र प्रयोगकर्ता आकर्षित गराउने रणनीति सञ्चालकको छ। ‘अहिले पाँच वटा बाइक छन्। अझै पाँच वटा थप गरेर जाने तयारी भइरहेको छ’, महर्जनले भने। आगामी ६ महिनाभित्र थप बाइक भिœयाउने गरी तयारी भएको उनको भनाइ छ। ग्राहकको मागअनुसार सेवा दिन र एक पटकका लागि एक जनाले मात्रै प्रयोग गर्न मिल्ने हुँदा कम्तीमा १० जनाले एकैपटक सेवा लिन पाउने गरी सेवा दिन चाहेको उल्लेख छ।

नयाँ स्थानको खोजी हुँदै

साहसिक गतिविधि गर्ने पर्यटक तथा नेपाली युवावर्गको रुचीलाई दृष्टिगत गरेर सिन्धुलीमा पनि क्वाड बाइक राख्ने तयारी भइरहेको महर्जनले बताए। उनका अनुसार त्यहाँको ताज रिसोर्ट एन्ड एडभेन्चरसँग सहकार्य गर्ने गरी तयारी भइरहेको छ। रिसोर्टसँगको सहकार्यमा सञ्चालन मोडालिटी टुंगाएर छिट्टै क्वाड बाइकको सुविधा सिन्धुलीमा पनि विस्तार हुने द एड्भेन्चर गियरले जानकारी दिएको छ। सो स्थानमा पनि पहिलो चरणमा पाँच वटा बाइक राख्ने र आवश्यकताअनुसार सेवा दिने गरी तयारी भइरहेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.