मनाङेविरुद्ध उजुरी दिने एन्फाका कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ
पोखरा : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।
बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई निन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङगे बिहीबार पक्राउ परेका थिए।मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस !