कोरोना भेटिएपछि स्वास्थ्यमन्त्रीको प्रतिक्रिया: रोगको सीमा छैन, व्यवस्थापन गर्दैछौँ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललले कोरोना भाइरसको समस्या समाधानका लागि सरकार लागि परेको बताएका छन्।उनले रोगको सीमा नभएको भन्दै यसलाई निर्मुल पार्ने प्रयत्नमा सरहरको रहेको बताए।
‘अरु भन्दा यो विषय अत्यन्तै संवेदनशील हो’, मन्त्री ढकालले भने, ‘तपाईं, हाम्रो असावधानीले पनि मान्छेमा धेरै भय, त्रास, आतंक सिर्जना हुन सक्छ’, मन्त्री ढकालले भने, ‘रचनात्मक सहयोग गर्ने खालको वातावरण बन्यो भने आम नागरिकलाई सचेत गराउने र यो रोगबाट बचाउने कुराको लागि सहयोगी बन्न सक्छौं ।’
यसको नियन्त्रणको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर परीक्षण भइरहेको उनको भनाइ छ।‘अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा जे व्यवस्थापन गर्दै छौं।यसको भोलिको रुप हेरेर अझ उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यको तर्फबाट ध्यान दिनेछौं’, ढकालले भने, ‘यहाँहरु सबैको सजगताले यो रोगबाट बच्ने कुराको लागि र फैलन नदिनका लागि निम्ति, जनतामा चेतना ल्याउनका लागि तपाईहरुको भूमिका सकारात्मक होस् ।’
मन्त्री ढकालले क्षमताले भ्याएसम्म राज्यको तर्फबाट प्रयत्न भइरहेको प्रष्ट पारे।‘यो आग्रह गर्न चाहन्छु।रोगहरुको सीमा छैन।सबैतिरबाट आउँछ।आवश्यक सावधानिमा रहने हो’, मन्त्री ढकालले भने, ‘क्षमताले भ्याएसम्म राज्यको तर्फबाट रोगको भय आतंक प्रवेश गर्न नदिन र रोग निर्मुल गर्नका लागि हाम्रो प्रयत्न रहनेछ ।’