इटहरीमा ‘दमनको राप’

इटहरीमा ‘दमनको राप’

इटहरी : २००७ साल, २०४६ साल अनि २०६३ साल। क्रान्तिका यी मुख्य तीन वर्षहरू नेपालको इतिहासमा चर्चित छन्। २००७ सालले प्रजातन्त्र ल्यायो, २०४६ सालले बहुदल अनि २०६३ सालले गणतन्त्र। क्रान्तिका यी उपलब्धि जति आनन्ददायक छन्, त्यो उपलब्धिका लागि आफ्नो ज्यान हत्केलामा राखेर हिँड्ने योद्धाले भोगेको दुःख त्योभन्दा बढी पीडादायक छन्।

२०४६ सालको जनआन्दोलनको बेलामा नेपाली युवाले भोगेको पीडा यतिबेला ‘दमनको राप’ नाटकको रूपमा इटहरीमा मञ्चन भइरहेको छ। सुनसरीका पत्रकार राजकुमार कार्कीले भोगेको सत्य घटनामा आधारित यो नाटकले जेलभित्रको यातना र कैदीको मनोभावना प्रस्तुत गर्छ। नाटक गोपाल देवानले लेखेका हुन् भने निर्देशन विक्रम श्रीले गरेका छन्।

२०५२ सालमा प्रदर्शित उक्त नाटक त्यो बेला ३२ ठाउँमा प्रदर्शन गरिएको थियो। देश गणतन्त्रमा गइसकेको अहिलेको समयमा यो नाटकले ऐतिहासिक चलचित्र हेरे झैं अनुभूति दिलाउँछ। नाटकमा प्रयोग गरिएका संवादले दर्शकलाई अहिले पनि जुरुक्क उचाल्छ, समवेदनाले छुन्छ। नाटक जीवन्त बनाउन कलाकारले निकै मेहनत गरेका छन्।

लेखक गोपाल देवानले उक्त नाटकका मुख्य पात्र कवि तथा पत्रकार राजकुमार कार्कीको संघर्ष र जेलजीवनका कथामा आधारित रहेको बताए। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा संलग्न हुँदा कार्की पटकपटक गरी पाँच वर्ष जेल बसेका थिए। उनी कविता लेखेकै कारण १२ पटकसम्म जेल परेका थिए। जेलमा उनले पाएको यातना र उनको तात्कालीन पारिवारिक, आर्थिक अवस्था पनि नाटकमा प्रस्तुत गरिएको देवानले बताए।

इटहरी मेट्रिक्सको प्रस्तुति रहेको नाटक इटहरी, विराटनगर हुँदै प्रदेश १ का सबै जिल्लामा प्रदर्शन गर्ने योजना छ। त्यसपछि सातवटै प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेको निर्देशक विक्रम मिश्रको भनाइ छ।

नाटकमा कार्कीको प्रतिरूप अभिनय कलाकार दीपेन्द्रसिंह दर्नालले गरेका छन्। आरम्भ नाट्य डबलीको प्रस्तुति रहेको नाटकमा दर्नालका अतिरिक्त लेखक गोपाल देवान, आईपी भट्टराई, शान्तिराम राई, पानस गुरुङ, मौसमी कार्की, सञ्जय गिरी, प्रभात पोख्रेल, नमिता लिम्बू, कुमारप्रसाद ढुंगाना, अशेष तिम्सिना, दीपेन्द्र राई, कृष्ण तिम्सिना, कमानसिंह याम्फू, सविना राई, प्रकाश पोख्रेल, तीर्थ बराइलीलगायतको अभिनय छ। महानन्द पुरस्कारसमेत पाएको उक्त नाटक दुई घण्टा २० मिनेट लामो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.