ढाका व्यवसाय थाल्दै महिला

ढाका व्यवसाय थाल्दै महिला

इटहरी : इटहरीका महिला व्यवशायीहरुले ढाका बुनाईको तालिम सुरु गरेका छन्। पहाडी क्षेत्रका महिलाहरुले बुन्ने ढाकाको कपडा इटहरीका महिलाहरुले सुरु गरेका हुन्। इटहरीस्थित महिला बचत ऋण सहकारी संस्थाका महिलाहरुले ढाकाको कपडाको व्यवशायका लागि तालिम सुरु गरेका हुन्। महिला बचत ऋण सहकारी संस्था महिलाहरुको व्यवस्थापनमा सञ्चालित र एसियाली ऋण महासंघबाट ब्रन्ज मेडल प्राप्त महिला सहकारी हो।

महिलाहरुलाई हस्तकला उद्योगमा सक्रिय बनाउने उद्देश्यले ढाका बुनाई तालीम सुरु गरिएको संस्थाकी अध्यक्ष अमृता सुब्बाले जानकारी दिइन्। करिब १ सय जनालाई तालिम दिइ रोजगार बनाउने योजना रहेको सुब्बाले जानकारी दिइन्। विदेशमा पनि बजार खोज्न सकिने बताउँदै उनले नेपाली ढाकालाई प्रबद्र्धनसमेत गर्नको लागि बजार व्यवस्थापनसहितको तालिम सुरु गरिएको उनले बताइन्।

प्रशिक्षक डम्बर कुमारी श्रेष्ठकाअनुसार समय मिलाएर काम गर्दा एक हप्तामा करिब ३ देखि ५ वटासम्म ढाकाको साडी तयार गर्न सकिन्छ। उनी भन्छिन्, ‘एक जना महिलाले १५ देखि २५ हजार रुपैयासम्म आम्दानी गर्न सकिन्छ।’ महिला बचत सहकारीमा आबद्ध अन्य महिलाहरुलाईसमेत आय आर्जनमा सहभागि गराउने सोँच रहेको उनको भनाई छ।                                                                                            

घरमा बेरोजगार बस्नुभन्दा रोजगार बन्दा परिवारको लागि आयआर्जन गर्न सकिने सहभागी गंगा भट्टराईले बताइन्। अहिले चार वटा तान ल्याएको बताउँदै उनले तान, धागोलगायतको कच्चा पदार्थ सहकारीले उपलब्ध गराउने उनले बताइन्।

ढाकाबाट उत्पादित साडी, रुमाल, ब्याग, टोपी, जुत्ता, चप्पल, गलफन, कोट आदि बिक्रीको लागि इटहरीमा सोही समुहले कोशेलीघरसमेत सञ्चालनमा ल्याइसकेको छ। कोशेलीघरमा ढाकाको कपडाका अतिरिक्त हस्तकलाको सामाग्रीहरु, महिलाले उत्पादन गरेका अचार, पिठो, आदिसमेत बिक्रि गर्ने गरिएको छ।

महिलाले उत्पादन गरेको यो सामग्री बजारीकरणमा स्थानिय सरकारले पनि चासो दिने हो भने स्थानिय उत्पादनको प्रवद्र्धन हुने ढाका उद्योगकी अर्की सञ्चालक रञ्जु सिग्देलले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.