कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिकको मृत्यु
बेइजिङः चीनको वुहानमा कोरोना भाइरसको कारण एक अमेरिकी नागरिकको मृत्यु भएको छ । कोरोनाको कारण चीन बाहिर ज्यान गुमाउने उनी पहिलो अमेरिकी नागरिक हुन् । ६० वर्षीय अमेरिकी नागरिकको चीनको वुहान अस्पतालमा मृत्यु भएको हो ।
यसैबीच, जापानी विदेश मन्त्रालयले जनाए अनुसार, चीनको वुहानमा एक जापानी नागरिक कोरोना भाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको अनुमान गरिएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । यस बाहेक भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको चिनीयाँ सिटियनले उल्लेख गरेको छ ।
कोरोना भाइरस फैलिन सक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका ३४ वर्षीय चिनियाँ चिकित्सक नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको हो ।