बारपाकदेखि लिगलिगकोटसम्म अल्ट्रा म्याराथन हुने

बारपाकदेखि लिगलिगकोटसम्म अल्ट्रा म्याराथन हुने

गोरखा : भूकम्पको केन्द्रविन्दु बारपाकदेखि ऐतिहासिकस्थल लिगलिगकोटसम्म अल्ट्रा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । २०७२ साल बैशाख १२ गते भूकम्प गएको दिनको संझनामा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)ले बैशाख १२ गते अल्ट्रा म्याराथन प्रतियोगिता गर्न लागेको अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए।

बारपाक, लिगलिगकोट, गोरखा र नेपालकै पर्यटन विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको आइतबार गोरखामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी टानका अध्यक्ष सुवेदीले जानकारी दिए।

बैशाख १२ गते बारपाकदेखि अजीरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका हुदै पालुङ्टार नगरपालिकाको लिगलिगकोटसम्म करिब ६२ किलोमिटर दौडाउने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। 

धार्चे मनास्लु पर्यटन विकास समिति, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजीरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकासँग समन्वय तथा सहकार्य गरी कार्यक्रम गर्ने तानकी महासचिव सरिता लामाले जानकारी दिइन् । 

'भूकम्पपछि लाङटाङमा हामीले आयोजना गरेको म्यारथन प्रतियोगिताले सो क्षेत्रमा ट्रेकिङ गर्न  सुरक्षित छ भन्ने छाप पारेको थियो, अध्यक्ष सुवेदीले भने, 'बारपाक, लिगलिगकोटमा आयोजना हुने म्याराथनले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा अवश्य सहायक सिद्ध हुनेछ भन्ने हामी विश्वस्त छौं।'
 
म्याराथनमा प्रथम हुनेलाई ८० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ६० हजार मेडल र प्रमाण पत्र र तेस्रो हुनेलाई ४० हजार मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ, अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल, बारपाक सुलीकोट गाउँपालिका ८ का अध्यक्ष कृष्ण गुरुङ, गोरखा उद्योग वांणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले म्याराथन दौडको महत्व, दौडने पदमार्ग र त्यहाँ पर्ने पर्यटकीय महत्वका स्थलको बारेमा चर्चा गरेका थिए । यसखालका गतिविधिले पर्यटकीय स्थलको प्रचारप्रसार हुने र पर्यटकलाई आकर्षण गर्ने मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष यदु अधिकारीले कार्यक्रममा बताएका थिए। 

यसअघि लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन दौड प्रतियोगिता तथा चेपेदेखि लिगलिगकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको थियो थियो।अल्ट्रा म्याराथनको रुटका लागि छिट्टै सर्भे गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.