महोत्सव हेर्न गएका बालकलाई नदीले बगाएपछि...

महोत्सव हेर्न गएका बालकलाई नदीले बगाएपछि...

कुश्मा : पर्वतको जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीस्थित कालीगण्डकी किनारमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिबार दिउँसो कालीगण्डकी नदिले बगाएको छ ।

पर्वतमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव हेर्ने गएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ वर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।

नदिले बगाएर झण्डै १ सय मिटर तल पुर्‍याएका बालकलाई तत्काल सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । बालकको हात खुट्टामा चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँच-सात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो ।

नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । पटक-पटक जिल्ला सुरक्षा समितिको बैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरे पनि पूर्व सांसदसमेत रहेकी रेडियोकी अध्यक्ष चापागाईँले अटेर गरेरै महोत्सव आयोजना गरेकी हुन् ।

सुरक्षा समितिको बैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदि किनारमै संचालन गरिएको र अझै दर्शकहरूका लागि डुंगा शयरकोसमेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको हो । 

फागुन १ गते राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेको महोत्सव ११ गतेसम्म संचालन हुने भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.