चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त

चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त

काठमाडौं : चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। 

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए।

चीनबाट गत आइतबार उद्धार गरिएका नेपाली नागरिकको झक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरिएको थियो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, सबैको नाक र घाँटीभित्रको स्वावको नमूना परीक्षण गरिएको थियो। नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरि राष्टिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो। फागुन ४ , ५ र ६ गते स्वाव संकलन गरी परीक्षण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि पुनः नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिने छ। मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने,‘ पहिलो पटक स्वावको परीक्षण गर्दा नेगेटिभ आएको छ। फेरि एकपटक परीक्षण गरिन्छ। ’

नेपालबाट अध्ययन र व्यवसायका लागि चीन गएका नेपाली नागरिकहरुलाई सरकारले भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखेको छ। नेपाल वायु सेवा निगमको जहाजबाट यही फागुन ४ गते उद्धार गरी उनीहरुलाई स्वदेश ल्याइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.