साधु संसार

साधु संसार

उसो त साधुको कुनै ठेगाना हुँदैन।तर, यी २८ वर्षे साधु भारत हरियाणास्थित बाबापुरको जट्वाडा झरझरनाथ गद्दीका हुन्।उनी आठ वर्षको उमेरमा पहिलोपटक पशुपतिनाथ मन्दिर आएका थिए, गुरु योगी सद्वीरनाथको साथमा।त्यसपछि आजसम्म प्रत्येक शिवरात्रिमा उनी काठमाडौं आउँछन्।आठ वर्षकै उमेरमा यता आउन थालेका उनले पशुपतिनाथको नाममा भण्डारा लगाउन थालेको पनि आठै वर्ष भयो।उनी अर्थात् योगी मोहननाथजी।

यसपटक पनि फागुन १ देखि भण्डारा चलेको छ।शिवरात्रि हिजै सकिए पनि यो १२ गतेसम्म चल्नेछ।उनको समूह ४० जनाको छ।उनको भण्डारामा व्यावसायिक कालिगढ प्रयोग भएका छन्।तेलको सट्टा देशी घ्यूकै प्रयोग छ।भण्डारा सकिएपछि उब्रिएका घ्यू, चिनी, नुन, फलफूल, मिठाई, चामल, तरकारी सबै खाद्यसामग्री पाशुपत क्षेत्रका १५ वटा मठमन्दिर, वृद्धा श्रम, अनाथालय, वेदविद्या श्रम सबैतिर समान रूपमा वितरण गर्ने चलन छ, उनको।

मोहननाथ नाथ सम्प्रदायका हुन्।उनका दुवै कानमा चाँदीका कुण्डल छन्।नाथहरूले गैंडाको खाग, मुगा, काठ वा माटो आदिको पनि कुण्डल बनाएर कानमा लगाउँछन्।हातमा सोरा (डन्डी) छ।अखण्ड हवनबाट उत्पादन भएको विभूति निधारमा छ।

मोहननाथ साधु, सन्त र महात्माको बिदाइमा गर्ने दानदक्षिणाबारे कुनै गुनासो गर्दैनन्।‘मलाई त हरेक नेपाली पशुपतिनाथ लाग्छन्, सेवा गर्न पाए पुग्छ, कसैबाट कुनै अपेक्षा छैन’, उनी भन्छन्।

साधु, सन्त र महात्मा पारिवारिक मायामोहबाट टाढा भए पनि समाजको संरचनाप्रति पूर्ण जानकार हुन्छन्।भन्छन्, ‘सबै मानिस जो जे भए पनि समाजकै अंग हुन्।अहिंसा ठूलो धर्म हो त्यसैले स्वभाव, विचार र व्यवहारले जो जेजस्तो भए पनि हाम्रो दृष्टिमा सबैलाई एउटै ठान्नुपर्छ हुन्छ।’ साधुदेखि व्यावहारिक मानिस सबै सामाजिक संरचनाभित्रै पर्ने उनको बुझाइ छ।

मोहननाथजी थप्छन्, ‘कमिलादेखि हात्तीसम्मलाई एउटै व्यवहार भएमात्र समाज समाजजस्तो हुन्छ।’ पशुपतिनाथको ‘भव्य’ र ‘दिव्य’ स्वरूपबारे उनको विश्वास छ, ‘पशुपतिनाथको रक्षा गरे उहाँले सबै भक्तजनको रक्षा गर्नुहुनेछ।’

शिवरात्रि त हिजै सकिइसक्यो तर यो शिवरात्रिमा भारतबाट यहाँ आएका एक योगीको आँखाबाट साधु-संसारको दर्शन गरौं 

भगवान् शिवको महिमाप्रति उनको बुझाइ यस्तो छ, ‘जसलाई जे जरुरत छ उसलाई उही दिन्छन् श्रीपशुपतिनाथले।कमिलालाई कण दिन्छन्, हात्तीलाई मन (४० किलो) अनि सूर्यलाई रंग (तातो र रातो हुने शक्ति)।’

योगीको बुझाइमा शिवले निर्धनलाई धन, सतीलाई पति, बाँझोलाई सन्तान, भोकालाई भोजन दिन्छन्।‘तर यो यसै प्राप्त हुँदैन, जोसँग भक्तिभाव छ, जोसँग उनीप्रति श्रद्धा छ, उसैलाई दिने हो’, उनी थप्छन्।

योगी आफूलाई श्रीनाथ नामले पनि चिनाउँछन्।पशुपतिनाथलाई पनि श्रीले चिनिन्छ।उनी आफूलाई पशुपतिनाथसँग जोड्न चाहन्छन्।श्रीनाथ तपस्वी परम्पराबाट आएका हुन्।उनले पञ्चाग्नि (पाँचवटा ठूला कुण्डमा आगो बाल्ने स्थान)को बीचमा बसेर निरन्तर ४१ दिनको साधना गरेका छन्।यसलाई पञ्चधुनी पनि भनिन्छ।यस्तो बेला लगौंटीबाहेक शरीरमा कपडाको अर्को धरो हुँदैन।त्यति बेला गुरुले दिएको मन्त्र जपेर सिद्धि प्राप्त गरिन्छ।यस्तो तपस्वीको मनोरथ पूर्ण त हुन्छ, उनीहरूले अरूलाई पनि आशीर्वाद दिने गर्छन्।

पाशुपत क्षेत्रबारे योगी मोहननाथजीको बुझाइ पनि पृथक् छ।‘केदारनाथ शरीर हो।धेरै भक्तजन त्यहाँ जान्छन् तर शिर भाग पशुपतिनाथ हो।यो सबैलाई थाहा नभएको पनि हुनसक्छ’, उनी भन्छन्, ‘पशुपतिनाथका चार मुख छन् र माथिपट्टि ईशान कोण पनि।पाशुपत क्षेत्रमात्र होइन, नेपाल देवभूमि हो।यो गुरु गोरखनाथको कृपादृष्टि परेको देश हो, जसको महत्व वर्णन गर्दा कमै हुन्छ।’

उनी नेपाली ऋषिको योगदानका कारण नै आज नेपाल ‘नेपाल’ रहेको जुन अरू देशमा नभएको बताउँछन्।‘मानवताको विकासमा नेपालका यस्तै थुप्रै ऋषिमुनिले खेलेको अहं भूमिकाले आजपर्यन्त भव्य बनेको छ’, उनी भन्छन्, ‘राष्ट्रका धरोहरलाई सम्मान गर्न सके मुलुकको पहिचान विशिष्ट हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.