१० महिनापछि असीनापीडितलाई राहत
![१० महिनापछि असीनापीडितलाई राहत](https://annapurnapost.prixacdn.net/media/albums/rahat_20200224091306_52mnjTIOlE.jpg)
स्याङ्जा : असिना पीडित कोल्माबासीलाई नगदसहित राहत सामाग्री प्रदान गरिएको छ । गतवर्ष जेठको अन्तिम साता परेको असिनापानीले कोल्माका १८ घरधुरीसहित धेरैका अन्नबालीमा क्षति पर्याएको थियो ।
पुतलीबजार नगरपालिका-९ कोल्माका १८ घरधुरीलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा प्रमुख दिनेश अर्यालले कोल्मामा पुगेर आज संयुक्तरूपमा राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
पुतलीबजार नगरपालिकाका प्रमुख क्षेत्रीले १२ बण्डल टिन, विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ कुरुम्वाङले प्रति परिवार ५-५ हजार नगद सहित रेडक्रसका मन्त्री अर्यालले प्रति परिवार एक-एक त्रिपाल प्रदान गरेका छन् । यसअघि पनि ५० हजार मुल्य बराबरको मकैको बिउ प्रदान गरिसकेको बताइएको छ ।
झण्डैं १० महिनापछि राहत पाउँदा पनि असीनापीडित खुसी देखिन्थे । असिनापानीले क्षति पुर्याएको गुनासो आएपछि वडा अध्यक्ष लीलप्रसाद गुरुङ लगायतको जनप्रतिनिधिले घरघरै पुगेर निरीक्षण गरी आवश्यकता अनुरूप टिनका पाता उपलब्ध गराइएको जानकारी दिए । असिनाले टिनका जस्तापाता प्वाल पारेको पीडितको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)