कोरोना संक्रमण : चीनमा घट्दै, अन्य मुलुकमा बढ्दै

कोरोना संक्रमण : चीनमा घट्दै, अन्य मुलुकमा बढ्दै

काठमाडौं : कोरोना भाइरस (कोभीड १९)को उद्गम स्थल चीनमा संक्रमण दर घटिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ। चीनमा संक्रमण दर घटिरहे पनि अन्य छिमेकी मुलुकमा भने बढ्न थालेपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । चीन बाहिर ३८ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

यसैगरी पछिल्लो समय दक्षिण कोरिया, इटली, इरान, जापान , अमेरिका, अफगानिस्तान, बहराइन र कुवेतमा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । डब्लुएचओका प्रमुख टेड्रोस एडहानोमले तीन साताअघि उच्च विन्दुमा रहेको कोरोनाको संक्रमण चीनमा घटदो क्रममा रहेको बताएका छन्।

अहिलेसम्म चीनमा २ हजार १ सय १८ जनाको ज्यान गएको छ। चीनको हुवई प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो ।  भाइरसका कारण मृत्यु भएका व्यक्तिको संख्या बढे पनि संक्रमितको संख्यामा कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ। 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा संक्रमण फैलन नदिन चीनले चालेका कदमले विस्तारै प्रभाव देखाउन थालेकाले संक्रमितको संख्या घट्न थालेको बताए।

डब्लुएचओका प्रमुख एडहानोमले यो महिनादेखि दक्षिण कोरिया, इटली र इरानमा कोरोना भाइरसको संक्रमण बढनु चिन्ताको विषय भएको बताएका छन् । कोरियामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या  ८ सयभन्दा पुगेको छ । सहरका मल, व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र भीडभाड तथा जमघट हुने स्थल बन्द गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.