युरोपमा इटालीबाट फैलियो कोरोना भाइरस

युरोपमा इटालीबाट फैलियो कोरोना भाइरस

रोम : युरोपका विभिन्न मुलुकमा कोभिड-१९ (कोराना भाइरस) संक्रमण पहिलो पटक देखिएको पुष्टि भएको छ। बीबीसीकाअनुसार अस्ट्रिया, क्रोएसिया तथा स्वीट्जरल्यान्ड लगायतका देशमा पनि भाइरस देखिएको पुष्टि भएको छ। सबै संक्रमण इटालीबाट ती देशमा पुगेका व्यक्तिमा देखिएको हो।

यसैगरी ल्याटिन अमेरिकामा पनि इटालीबाट त्यहाँ पुगेका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको छ। इटाली युरोपियन देशहरूमध्ये सबैभन्दा बढी भाइरस संक्रमित देश हो। यहाँ ३ सय भन्दा बढी भाइरस संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाइसकेका छन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोभिड-१९ संक्रमणका कारण हालसम्म २,७१८ जनाले ज्यान गुमाइसकेका छन्। साथै ७८,१९० जनामा संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.