चितुवाको आक्रमणबाट बालक घाइते
![चितुवाको आक्रमणबाट बालक घाइते](https://annapurnapost.prixacdn.net/media/albums/chituwa-attact_20190129045935_rSFDzKqyUN.jpg)
स्याङ्जा : घरमै सुतिरहेका १२ वर्षीय युनीस गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन् । भीरकोट नगरपालिका ९ ठूलीभन्ज्याङका गुरुङ आफ्नै घरको कोठामा सुतिरहेका बेला एक्कासी चितुवाले आक्रमण गरी घाइते बनाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।
हजुरआमा (बज्यै) र आमासँगै एउटै कोठामा सुतेका उनलाई बज्यै र आमा बाहिर निस्किएपछि बिहान साढे ६ बजेतिर चितुवाले आक्रमण गरेको अध्यक्ष गुरुङेले बताए ।
‘बज्यै उठेर पसलतिर लाग्नु भयो । आमा घरगोठधन्दामा । घरमा रहेको कुकुरको सानो बच्चा र युनिसमात्र कोठामा थिए । कतिबेला चितुवा कोठामा पस्यो र आक्रमण गर्यो त्यो अझै पत्तो पाउन सकिएन’, अध्यक्ष गुरुङ भन्छन् ।
चितुवाको आक्रमणबाट बालकको घाँटी, निधार र देब्रे आँखा नजिकै गहिरो चोट छ । घाइते बालकको उपचार पोखरा स्थित मणिपाल शिक्षण अस्पताल भइरहेको छ । उनी हाल खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)