एक सय अमेरिकी क्वारेन्टाइनमा

एक सय अमेरिकी क्वारेन्टाइनमा

अमेरिका : कोरोना भाइरस (कोभिड–१९) को असर अमेरिका पनि परेको छ। अमेरिका रहेका धेरै कम्पनीले कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताउँदै आएका छन्। अमेरिकी नागरिक संक्रमण हुन सक्ने त्रासमा दैनिकी गुजारिरहेका छन्। भीडभाडमा नजाने प्रयत्न भइरहेका छन्। चिनियाँ मूलका नागरिक बस्ने क्षेत्रमा विशेष असर परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चाइनिज रेस्टुराँ तथा चिनियाँ अमेरिकी बस्ने क्षेत्रमा यसको बढी मार परेको भन्दै त्यो क्षेत्रमा नजाने, चिनियाँ देखिए रेस्टुरेन्टबाटै बाहिरिनेजस्ता अनौठौ दृष्य देखिन थालेको छ। चीन पुगेर पुनः अमेरिका फर्किनेबाट संक्रमण हुन सक्ने डरका कारण त्यस्तो अवस्था आएको हो।

हालै न्युयोर्कको लङआइल्यान्ड क्षेत्रमा ८३ जनालाई कोरोना भाइरसको आशंकामा अनुसन्धानका लागि क्वारेन्टाइनमा राखिएको छ। न्युयोर्क राज्यको नसाउ काउन्टीमा पर्ने लङआइल्यान्ड क्षेत्रका ती ८३ जनालाई अनुसन्धान गर्न लागिएको हो। उनीहरू चीनको भ्रमण गरेर फर्केका हुन्। दुई साता क्वारेन्टानमा राखिने स्थानीय स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

अमेरिकामा कोरोना भाइरसबाट कसैको ज्यान भने गएको छैन। एक सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। युनाइटेड एयरलाइन्स कम्पनीले सोमबार चीनमा अन्तिम गन्तव्य बनाएर हुने उडान बन्द गरेको छ। एयरलाइन्स कम्पनीले ७५ प्रतिशत असर गरेका कारण उडान बन्द गर्नुपरेको उल्लेख गरेको छ। कम्पनीका अनुसार बेइजिङ, साङघाई र हङकङमा हुने उडान अप्रिल २४ तारिखसम्मका लागि बन्द भएका छन्। सोमबारसम्मको अध्ययनअनुसार क्रेडिट कार्ड कम्पनी मास्टर कार्डले सन् २०२० को पहिलो चौमासिक रिर्पोटबमोजिम व्यवसायमा ठूलै असर परेको उल्लेख गरेको छ। कम्पनीका अनुसार २ देखि ३ प्रतिशत व्यापार तल झरेको जनाएको छ।

चीनमा कोरोना भाइरस फैलिएपछि त्यसको असर स्वरुप अमेरिकाले पनि भोगेको यहाँ सञ्चालित राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तै खाना र औषधिजन्य वस्तुको निर्यातमा समेत ठूलो असर परिरहेको अमेरिकी कम्पनीको भनाइ छ। कम्पनीका अनुसार चीनमा उत्पादन हुने जुस, फास्टफुड र औषधि निर्यातमा कमी आएको छ। अहिले कोरोना भाइसका त्रासका कारण मानिस मास्क लगाएर हिँडेको देख्न पाइन्छ। अमेरिका सरकारले ट्राभल एडभाइजरी प्रकाशन गरी सकभर चीन तथा दक्षिण कोरिया यात्रा नगर्न भनेको छ। यस्तै चीन हुँदै यात्रा गर्नुपर्ने आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ।

यसैबीच ट्रम्प प्रशासनले कोरोना भाइरस रोकथामका लागि जुनसुकै कदम चाल्न सकिने जनाएको छ। राष्ट्रपति ट्रम्पले साढे दुई बिलियन डलर विनियोजनका लागि संसद्बाट अनुमति लिने उल्लेख गरिसकेका छन्।

चीनमा कोरोना संक्रमणपछि राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा स्वच्छ हावापानी रहेको भन्दै गरेको भाषणलाई ट्विटरमा सांकेतिक चीनलक्षित भनाइ आएको भन्दै उनको विरोध भएको थियो। ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सलाई कोरोना भाइरसको रोकथामका लागि मुख्य व्यक्ति तोकेको छ। उपराष्ट्रपति माइकले आफ्नो मुलुकका नागरिकलाई कोरोना भाइरसबाट बचाउन विशेष पहल गर्ने जनाइसकेका छन्।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले भाइरसबाट बच्न र सम्भावित संक्रमणबाट जोगिन जनतालाई आग्रह गरेका छन्। उनले त्यसको रोकथामका लागि १२ सय शड्ढयाको अस्पतालको व्यवस्था गरिएको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.