धर्म प्रचार गर्ने दुई ताइवानी जिल्ला निकाला

धर्म प्रचार गर्ने दुई ताइवानी जिल्ला निकाला

गोरखा : विगत पाँच वर्षदेखि अनाधिकृत रुपमा गोरखामा धर्म प्रचार गर्दै आएका दुईजना ताइवानी नागरिकलाई जिल्ला निष्कासन गरिएको छ। बिनजेश भिषा र भ्रमण भिषामा आएर बुद्धधर्म प्रचार गर्ने काम गर्दै आएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबारै जिल्ला निष्कासन गरेको हो।

ताइवानका ३६ वर्षीय सिनचेङ मेङ र २३ वर्षका ग्वान टिङ उलाई जिल्ला छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। ‘सिनचेङ मेङको काठमाडौंमा होटल रहेछ। तर काठमाडौंमा नबसी गोरखामा धर्म प्रचारमा सक्रिय हुदै आएका रहेछन्’, प्रजिअ पौडेलले भने, ‘अर्का ग्वान टिङलाई पनि उनले लिएर भ्रमण भिजामा ल्याएका रहेछन्। 
एउटा प्रयोजनका लागि आएर फरक काम गरेको पाइएकाले हामीले जिल्ला छाड्न निर्देशन दिएका हौं।’ सिनचेङ मेङको काठमाडौंको नयाँ बानेश्वरमा हङजिन नामक होटल रहेको भेटिएको छ।

उनीहरुले रोहटेपानीस्थित नेपाल मगर संघको माथिल्लो तला मासिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी लिएर त्यहाँ धर्म प्रचार गर्ने र चिनियाँ भाषा सिकाउने गर्दै आएको खुलेको छ। उनीहरुले धार्मिक क्रियाकलापमा स्थानीय १५० जनालाई समेटेका पाइएको प्रशासन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.