कोरोना पूर्वतयारी : स्वास्थ्यकर्मीलाई विदा नदिइने

कोरोना पूर्वतयारी : स्वास्थ्यकर्मीलाई विदा नदिइने

ओखलढुंगा : कोरोना भाइरस रोक्ने पूर्वतयारी स्वरुप ओखलढुंगामा सभा सम्मेलन र भोजभतेर आयोजना गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको सर्वपक्षीय बैठकबाट सभा सम्मेलन र स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णय गरेको हो।

सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा औषधी तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, शंकास्पद विरामी आए अस्पताल पठाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनका अनुसार मान्छेको भीडभाड रोक्न सभा, सम्मेलन र भोज भतेर आयोजना नगर्न सचेत गराइएको छ। स्थानीय तहका प्रमुख, जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलका नेताहरुको सहभागीतामा कोरोना भाइरसबाट जोखिन सबै संयत्र परिचालन गर्ने र त्यसका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेर कार्यन्वयनका लागि स्थानीय तहमा पठाइएको छ।

स्थानीय तहबाट शंकास्पद विरामीको उपचारका लागि सहयोग तथा समन्वय हुने चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। उनले भने ‘सर्तकता अपनाउने कुरा हो, जिल्लामा अहिले आत्तिनु पर्ने केही छैन्।’

स्थानीय तहहरुले विद्यालयको परिक्षा चाँडो सम्पन्न गर्ने, विद्यालयमा भेला तथा बैठक नगर्न आग्रह पनि गरेका छन्। स्थानीय तहका स्वास्थ्य शाखामा कोरोनाको संक्रमण भएमा उपचारका लागि आवश्यक औषधी र स्वास्थ्यकर्मी तयारी राखिएको शर्माले बताए। जिल्ला स्तरको बैठकबाट स्वास्थ्यकर्मीलाई विदा नदिने सर्कुलर समेत गरेको छ।

स्थानिय सञ्चार माध्यम र सबै तहका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाबाट कोरोनाबाट बच्ने उपाय प्रचार प्रसार गरे सहज हुने नेकपाका नेता नेत्रप्रसाद भट्टराईले बताए। उनले स्थानीय सरकारले सबै निकाय र तहसँग मिलेर काम गरे ओखलढुंगामा जोखिम अति न्यून रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.