ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु
दमौली : तनहुँको बन्दीपुरमा ट्याक्टर दुर्घटनामा परी चालक र सहचालक दुवैको ज्यान गएको छ।बन्दीपुर ५ मा कोरिका स्थित भित्री सडकखण्डमा बाउन्भञ्जयाङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नं। को ट्याक्टर बुधबार बिहान पल्टिँदा ज्यान गएको हो।
सामान लिनका लागि गइरहेको ट्याक्टर साँघुरो सडकमा खसेर दुर्घटनामा परेको डीएसपी लीलाराज लामिछानेले बताए । दुर्घटनामा परी ज्यान जानेमा ट्याक्टर चालक गोर्खा पालुङटार ७ च्याङली निवासी २१ वर्षीय प्रेम कुमाल छन् । उनको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सह-चालक तनहुँ बन्दीपुर गाउँपलालिका ४ नयाँपुल निवासी २३ वर्षीय राजकुमार परियारको भने उपचारका क्रममा डुम्रेको लक्ष्मी अस्पतालमा ज्यान गएको हो ।
ट्याक्टर सडकबाट करिब १५० फिट तल खसेको छ।सवारी कम चल्ने साँघुरो रुटमा चलेको सो ट्याक्टरको ब्रेक फेल भएको आशंका गरिएको छ । तर चालक र सहचालक दुवैको ज्यान गएकाले तथ्य बुझ्न अनुसन्धान गरिने ट्राफिक प्रमुख पूर्ण अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !