विप्लवका तनहूँ इञ्चार्जसहित दुईजना गोरखाबाट पक्राउ
गोरखा : प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका तनहुँ जिल्ला इन्चार्जसहित दुई जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ।
बिगत केही समयदेखि तनहूँ जिल्ला इञ्चार्जको रुपमा कार्यरत रोल्पा सुनछहरी गाउँपालिका ६ बस्ने ३९ वर्षका पूर्णजित पुन मगर पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।
उनीसँगै बन्दिपुर गाउँपालिका ५ का २१ वर्षीय पर्वतबहादुर सेढाई पनि पक्राउ परेका छन्। बुधवार राति १० बजे गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा भेटिएका उनीहरुलाई थप सोधखोज गर्दा विप्लव समूहको कार्यकर्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ।
यस अघि पनि विप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गरी शान्ति विरुद्धको अभियोगमा कारवाही गर्दै आएको प्रहरीले उनीहरुलाई पनि कारवाही प्रक्रिया अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस !