प्रदेश ५ मा १२ सय क्षमताको क्वारेन्टाइन

प्रदेश ५ मा १२ सय क्षमताको क्वारेन्टाइन

बुटवल : प्रदेश ५ को सरकारले कोरोना भाइरसको संक्रमितका लागि १२ सय क्षमताका तीन क्वारेन्टाइन तयार पार्ने भएको छ। अस्पतालहरूमा १ सय १९ आइसोलेन बेड तयार गरिएको छ। प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले १२ सय क्षमताका ३ क्वारेन्टाइनको तयारी भएको बताएका छन्। बुटवल, दाङ र नेपालगन्जमा ४÷४ सय क्षमताका क्वारेन्टाइन बन्ने भएका हुन्।

प्रदेश सरकारले कोरोना संक्रमण रोक्न संघसंस्थासँग सहयोगको आग्रह गरेको छ। स्थानीय सरकार र संघ संस्थाले सचेतनासहित मास्क र हात हुने वस्तु (सेनिटाइजर) वितरण थालेका छन्। रूपन्देहीमा यापार संघ, उद्योग संघले करिब १५ हजार मास्क वितरण गरेका छन्।

कोरोनाको जोखिमले कतिपय कार्यालयले विद्युतीय हाजिर बन्द गरेका छन्। प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले केही दिनयता हाजिरी खातामै कर्मचारीको हाजिर गराउन थालेको छ। जोखिम न्यूनीकरण गर्न यसो गरेको निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए। निर्देशनालयले मातहतका निकाय तथा कार्यालयलाई विद्युतीय हाजिरी प्रयोग नगर्न आग्रह गरेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्युतीय हाजिरी बन्द गर्ने जनाएको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार नेपालगन्जमा मास्क र सेनिटाइजर बाँडेर कोरोनाविरुद्ध सचेतना कार्यक्रम गरेको छ। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा र फिजिसियन खगेन्द्रजंग शाहले कोरोना भाइरस र यसको रोकथामका उपायबारे जानकारी दिएका थिए। डा. थापाले कोरोेनाबाट जोगिन साबुन पानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्नुपर्ने सुझाव दिएका थिए। उनले भने, ‘सकेसम्म घरबाट बाहिर नजाऔं। भीडभाडमा नजाऔं।’

होटल व्यवसायी निरास

कोरोनाको त्रासले पाल्पाका होटल सुनसान बनेका छन्। दैनिक स्वदेशी तथा विदेशी हजारौं पर्यटक भित्रिने पाल्पा सुनसान बन्दै गएको छ। यसबाट लगानीकर्ताले बैंकको ब्याज र किस्ता तिर्न कठिन भएको बताए। केहीले कर्मचारी कटौती गरेका छन्।

बिहे, व्रतबन्ध, भोजभतेरलगायत जमघट हुने कार्यक्रम नगर्न निर्देशनपछि कारोबार शून्यजस्तै भएको होटल श्रीनगरका म्यानेजर अशोक थापाले बताए। विदेशी पर्यटकले मार्चदेखि डिसेम्बरसम्म गरेका सबै बुकिङ रद्द भएको उनले बताए।

खेलकुद स्थगित

प्रदेश ५ मा आयोजना हुने खेलकुद प्रतियोगिता स्थगित भएका छन्। संक्रमण फैलिन नदिन र सतर्कता अपनाउन राष्ट्रपति रनिङ सिल्ड र मुख्यमन्त्री रनिङसिल्ड स्थगित भएको हो। सामाजिक विकास मन्त्रालयले मंगलबार रनिङ सिल्डअन्तर्गत प्रदेश र जिल्लास्तरीय सबै प्रतियोगिता स्थगित भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.