कोरोना भाइरस : अमेरिका पाँचौं स्थानमा, हालसम्म २ सय १७ को मृत्यु

कोरोना भाइरस : अमेरिका पाँचौं स्थानमा, हालसम्म २ सय १७ को मृत्यु

अमेरिका  :  चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या दुई सय १७ पुगेको छ भने संक्रमितको संख्या १५ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्रै चार हजार ४८ जना नयाँ संक्रमित भेटिएका छन् । 

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको तथ्याङकअनुसार अमेरिका पाचौं स्थानमा छ । यहाँ बिहीबार मात्रै ६२ जनाको मृत्यु भयो । प्राप्त समाचार अनुसार न्यूयोर्क राज्यमा बढी संक्रमित छन् । न्यूयोर्कमा पाँचहजार सात सय ११ जना संक्रमित छन् । यो राज्यमाबिहीबार मात्रै दुई हजार छ सय २५ जनानयाँ संक्रमित भेटिए । 

त्यसपछि अमेरिकाको वासिङटन राज्यमा बढी संक्रमित छन्। यस राज्यमा हालसम्म १३ सय बढी संक्रमित भएको देखिन्छ भने बिहीबार मात्रै करिब दुई सय जना नयाँ संक्रमित भेटिएका छन् । वासिङटन राज्यमाहालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । यसैगरी क्यालिर्फोनिया, न्यूजर्सी, फ्लोरिडा, लुजिआना, जर्जिया लगायतका राज्यमा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । 

यसरी विश्व रेकर्ड हेर्दा हालसम्म इटालीमा ३४ सय पाँचजनाको मृत्यु भएको । इटालीमा बिहीबार मात्रै ९ सयजनाको मृत्यु भएको छ । यता चीनमा ३२ सय ४८ जनाको मृत्यु भएको छ। त्यहाँ बिहाबार ११ जनाको मृत्यु भयो । यसैगरी फ्रान्समाहालसम्म तीन सय ७२ जनाको मृत्यु भयो भने बिहीबार मात्रै एक सय ९७ जनाको मृत्यु भएको छ । यसैगरी यूकेमा हालसम्म एक सय ४४ जनाको मृत्यु भएको छ। 

यस्तै इरानमाहाल सम्म १२ सय ८४ जनाको मृत्यु भएको छ, भने त्यहाँबिहिवारमात्रैएक सय ४९ जनाको मृत्यु भएको खबर छ । यसैगरी स्पेनमाहालसम्म आठ सय ३१ जनाको मृत्यु भएको छभने बिहिवार मात्रै एक सय ४९ जनाको मृत्यु भईसकेको छ । विश्वभरको रेकर्डलाई हेर्दा संक्रमितहरु चीनमा बढी छन् । तथ्याङकअनुसार चीनमाबिहिवार सम्म ८० हजार भन्दा बढीलाई संक्रमण भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.