एम्बुलेन्सको ठक्‍करबाट एकको मृत्यु

एम्बुलेन्सको ठक्‍करबाट एकको मृत्यु

उदयपुर : त्रियुगा नगरपालिका-९ गैरुनमा रोकि राखेको मोटरसाइकललाई सरकारी एम्बुलेन्सले ठक्कर दिँदा एकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहिबार सडक किनारामा रोकि राखेको स ४ प १६६२ र बा १६ प ७९२३ नम्बर दुई वटा मोटरसाइकललाई त्रियुगा नगरपालिका-१५ स्थित स्वास्थ्य चौकी खाबुको स.१. झ. ४७७ नम्बरको सरकारी एम्बुलेन्सले ठक्कर दिदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका त्रिनपा-९ झिल्केटोलका ६२ वर्षीय तिलक दनुवारको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

दुर्घटनामा घाइते भएका सोही ठाउँका १४ वर्षीय बालक रोशन दनुवार र ३२ वर्षीय राजकुमार दनुवारको अबस्था गम्भीर रहेकाले सामन्य उपचार पछि विराटनगर पठाइएको एसपी मगरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.