तनहुँ बस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

तनहुँ बस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

दमौली : एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो। 

आँबुखैरेनी ३ ऐना पहरास्थित सडकबाट तल खसेको बसमा सवार तीन पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यान १ का २२ वर्षका सन्दीप ओली र सोही जिल्लाका ४० वर्षका चूडामणि रेग्मी छन्। 

अन्य एकको परिचय भने खुलिसकेको छैन। मृतकमध्ये एकको शव बसले च्यापेको अवस्थामा झिकिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। 

पोखराबाट दाङ जाँदै गरेको सो बस क्षतविक्षत अवस्थामा रहेकाले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रमुख पूर्ण अधिकारीले बताए। 

बस सडकबाट करिब डेढसय मिटर तल मस्र्याङ्दी किनारमा खसेको उनले बताए। 

घटनामा २१ यात्रु घाइते छन्। प्रहरीका अनुसार घाइतेमध्ये दुईको  पोखरा, सातको चितवन मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको छ। बाँकीको भने आँबुखरेनीमा रहेको छिम्केश्वरी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइते मध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक सिलवालले बताए। घाइते मध्ये केही तनहुँ र अधिकांश  सल्यान, दैलेख, सुर्खेत लगायत पश्चिम जिल्लाका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.