पश्चिम बंगालमा ‘लकडाउन’, संक्रमित चौंथो बिरामीको अवस्था गम्भीर

पश्चिम बंगालमा ‘लकडाउन’, संक्रमित चौंथो बिरामीको अवस्था गम्भीर

विराटनगर : भारतको पश्चिम बंगाल सरकारले सोमबारबाट २७ मार्चसम्मका लागि ‘लकडाउन’ को घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलने क्रम बढेपछि सोमबार बिहान ५ बजेबाट पश्चिम बंगालका सम्पूर्ण शहरमा लकडाउनको घोषणा गरेको हो ।

भारतीय अनलाइन लाइभ हिन्दुस्तानका अनुसार पश्चिम बंगाल सरकारले आइतबार दिउँसो सो निर्णय गर्दै यो कडाईका साथ लागु हुने जनाएको छ । पश्चिम बंगालमा फेला परेका कोरोना भाइरस संक्रमित चौथो बिरामीको अवस्था गम्भीर बनेको र संक्रमितको संख्या बढ्ने भएकाले सरकारले लकडाउनको निर्णय लिएको पश्चिम बंगालका मुख्य सचिव राजीव सिन्हाले बताए । 

यस अवधिमा राज्यमा सबै यातायात, हाटबजार, अफिस, कलकारखाना बन्द रहने छन् भने पिउने पानी, बैंक, टेलिफोन, इन्टरनेट, खाद्य, सब्जी, राशन पसल, अस्पताल, स्वास्थ्य केन्द्र, औषधी पसल र विद्युत् सेवा खुल्ला रहने मुख्य सचिव सिन्हाले बताए । ‘अतिआवस्यक बस्तु खुल्ला छ, नागरिक सबै घरमा बस्न आग्रह गरिएको छ, अति आवस्यक परेमात्रै बाहिर निस्कन निर्देशन छ,’ सचिव सिन्हाले भने ।

कोरोना संक्रमित चौथो बिरामीको अवस्था गम्भीर

पश्चिम बंगालमा फेला परेका कोरोना भाइरस संक्रमित चौथो बिरामीको अवस्था गम्भीर रहेको छ । २४ वर्षीय बिरामीको सघन कक्षमा राखेर उपचार भइरहेको जनाइएको छ । बिरामी पश्चिम बंगाल परगना जिल्लाको दम दम क्षेत्रका हुन् । 

उनलाई गत शनिबार (मार्च २१) मा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको थियो । सुक्खा खोकी र ज्वरो आएर मार्च १ मा अस्पताल पुगेका उनी सोही समयदेखि अस्पताल भर्ना भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.