त्रियुगामा निःशुल्क एम्बुलेन्स सेवा सञ्‍चालन

त्रियुगामा निःशुल्क एम्बुलेन्स सेवा सञ्‍चालन

उदयपुर : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण त्रियुगा नगरपालिकाले सर्वसाधारणको उपचारका लागि सुरक्षा कवचसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले रोग नियन्त्रण र जनताको सहजताका लागि यस्तो निर्णय गरेको हो।

जिल्ला अस्पताललगायत अन्य स्वास्थ्य संस्थाबाट रेफर गरिएका संक्रमितहरुलाई तत्काल ठूला अस्पतालसम्म लैजान स्वास्थ्यकर्मी र चालकलाई सुरक्षा कवचसहितको एप्रोनको व्यवस्था गरिने निर्णय गरिएको सुवेदीले बताए।

नगरपालिकाका नगरप्रमुख वलदेव चौधरीले नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस भित्रिन नदिन नगरका विभिन्न स्थानमा शरिरको तापक्रम नाप्ने यन्त्रसहितको हेल्पडेक्स अर्थात स्वास्थ्य सहायता केन्द्र स्थापना गर्ने र यसका लागि आवश्यक पर्ने बजेट उक्त नगरपालिकाले व्यवस्था मिलाउने निर्णय गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.