प्रदेश १ का क्‍वारेन्टाइनमा १२० जना भर्ना, आइसोलेसनमा ५ को उपचार हुँदै

प्रदेश १ का क्‍वारेन्टाइनमा  १२० जना भर्ना, आइसोलेसनमा ५ को उपचार हुँदै

विराटनगर : कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो बुधबार साँझसम्मको तथ्याङ्का हो ।

यस्तै, ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । 

यसैबीच सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउन उल्लघंन गरी बुधबार सवारी चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।  ठूला तथा साना गरी ८ सय ८१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.