४९ जना सेना क्वारेन्टाइनमा

४९ जना सेना क्वारेन्टाइनमा

जाजरकोट : जाजरकोटस्थित नेपाली सेनाको ज्वाला दल गणले जिल्लामा हालै भित्रिएका ४९ जना सैनिकलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाइनमा राखेको छ । जिल्ला सदरमुकामस्थित ज्वालादल गण मालिका व्यारेकमा तालिम, विभिन्न कार्यक्रम, घरबिदा र सरुवा भइ जिल्लामा आएका ४९ जना सैनिकलाई व्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वालादलगणका गणपति प्रमुख सेनानी  सुरेन्द्रप्रताप रावलले बताए । संभावित महामारी विरुद्ध हाई अलर्ट अवस्थामा रहन बिदा, काज तथा तालिममा रहेका सबै सैनिकलाई ब्यारेक बोलाइएको उनको भनाई छ ।

उनले कोरोना भाइरसको संक्रमणप्रति उच्च सचेतता अपनाउन र आफ्नो सुरक्षा आफै गर्ने उपाय अपनाउँदै जिल्ला बाहिरबाट आएका सेनालाई १४ दिनको क्वारेन्टाइमा बस्न लगाएर स्वस्थ्य देखिए मात्र अन्य सेनाको सम्पर्कमा लगिने बताए ।' हाम्रो सानो गल्ती र वेवास्ताले पनि ठूलो क्षति हुन सक्छ । सबैले  इमान्दारीतापूर्वक सचेतता अपनाउने र  सरकारको आदेश पालना गरेमा संभावित क्षतिबाट बच्न सकिने,' उनले बताए ।

कोही पनि नागरिकले कोरोनाको संक्रमणलाइ वेवास्ता गर्ने र सर्तकता अपनाउन कन्जुस्याइ गर्न नहुने गणपति रावलले बताए । प्रमुख सेनानी रावलले भने, 'जिल्लामा आइपर्न सक्ने  खतरा र आपतलाई मध्यनजर गरी सेनाको व्यारेकभित्रै आफूहरुले  केही क्वारेन्टाइन बनाएका छौं।  आवश्यक परेको बेला संकास्पद या संक्रमितलाई क्वारेन्टाइनमा राखेर सहयोग गर्छौं।'

जिल्लाका विभिन्न स्थानमा  स्थापना गरिएका हेल्प डेस्क र अन्य चेतनामुलक गतिविधिमा सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा  सहभागिता जनाउने र सहयोग गर्ने काम गरिरहेको छ ।  

जिल्लामा  कोरोना भाइरसको सक्रमण रोक्नका लागि  आफूहरुले उच्च सतर्कता अपनाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताए । उनले भारत र अन्य स्थानाबाट जिल्ला भित्रिनेको स्वास्थ्य जाँच तथा शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने देखि अन्य सुरक्षाका उपाय अपनाउने काममा जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकार र  अन्य सरोकारवालाले सक्रियतापूर्वक काम गरिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.