लक डाउन उल्लंघन गर्ने ७६ सवारी नियन्त्रणमा
दमौली : कोरोना संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लक डाउनको तेश्रो दिन आज ७६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार एक सय ७० सवारी नियन्त्रणमा लिएको तनहुँ प्रहरीले बुधबार ७६ सवारी नियन्त्रणमा लिएको हो ।
तनहुँस्थित पृथ्वी राजमार्गमा बिना अनुमति हिँडेका ती सवारीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । दिनभर नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ छाड्ने गरेको छ । पहिलो र दोश्रो दिनको तुलनामा बुधबार कम सवारी सञ्चालनमा आए ।
खाना अभाव भएकालाई युवाले सघाउने
यसैबीच, व्यास नगर क्षेत्रमा खाद्यान्न अभाव भएका व्यक्तिलाई युवाले सघाउने भएका छन्। विभिन्न युवा संबद्ध संस्थाको सक्रियतामा नगर क्षेत्रमा श्रमिक तथा विपन्न परिवारका लागि खाद्यान्न जोहो गर्न लागिएको युवा नेता लाक्ष्मीभक्त खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !