पोखरामा रहेका ५८ पर्यटकलाई चार्टर्ड जहाजबाट काठमाडौं ल्याइयो

पोखरामा रहेका ५८ पर्यटकलाई चार्टर्ड जहाजबाट काठमाडौं ल्याइयो

पोखरा : कोरोना भाइरसको महामारी रोक्न लागु गरिएको लकडाउनका कारण अलपत्र परेका फ्रान्सेली ५८ जना पर्यटकलाई बिहीबार अपराह्न सबा ४ बजे बुद्ध एयरबाट काठमाडौं लगिएको छ। 

पदयात्राबाट फर्किएका ती पर्यटकका लागि फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेको बुद्ध एयर पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए। ‘दूतावासले गृह मन्त्रालयको अनुमति लिएपछि उडान भएको हो’, बरालले भने, ‘नियमित उडान त बन्दै छन्, यो चार्टर्ड हो।’ 

पदयात्राबाट फर्किएका पर्यटकले आफ्नो दूतावासमा सम्पर्क गरी काठमाडौं लगिदिन आग्रह गरेका थिए।  पदयात्राबाट फर्किँदै गरेका अरू थुप्रै पर्यटक पोखरा फर्कने क्रममा छन्। त्यस्ता पर्यटक वीरेठाँटीबाट पोखरासम्म आएर होटलमा बस्ने योजना बनाएको एकजना पर्यटन व्यवसायी तारा पहारीले जनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.