बिरामी बोक्ने एम्बुलेन्समा यात्रु सरर...

बिरामी बोक्ने एम्बुलेन्समा यात्रु सरर...

गोरखा : लकडाउनका कारण सवारी साधन ठप्प छ। पैदल हिड्नसमेत कडाइ गरिएको छ। तर मौकाको फाइदा उठाउँदै यहाँका एम्बुलेन्सले विगत तीनदिनदेखि चर्को भाडामा यात्रुहरु ओसारिरहेका छन्। बिरामी तथा घाइतेलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउन राजस्व छुट सुविधामा सञ्चालित एम्बुलेन्सले लकडाउनको मौका छोपी चर्को भाडा असुलेर सर्वसाधारण यात्रु ओसारेका हुन्।

अन्य सवारीसाधन ठप्प भएपछि बुधबार गोरखाको सडकमा ५० पटकभन्दा धेरै एम्बुलेन्स आवत जावत गरेको स्थानीयबासी बताउँछन्।  गोरखा अस्पताल, विभिन्न स्वास्थ्य चौकी र गैरसकारी संघ संस्थाहरुको गरी गोरखामा ३५ भन्दाबढी एम्बुलेन्स संचालनमा छन्। रिफर भएका बिरामी यसअघि एम्बुलेन्स नपाएर ट्याक्सी र निजी सवारी साधनमा चितवन, काठमाडौ जाने गर्थे तर सरकारले ‘लकडाउन’ गरेको समयमा भने महंगो भाडामा सडकभरी एम्बुलेन्स हुइँकिरहेका छन्। 

दिनभर सडकमा निरन्तर एम्बुलेन्स हुइँकिएको देख्दा गोरखामा कोरोनाका कारण धेरै मानिस बिरामी परेको स्थानीयबासीले अनुमान गरेका थिए। तर गोरखा अस्पतालले भने जम्मा एकजना मात्र उपचार गराउन आएको जनाएको छ। ‘एउटा एम्बुलेन्सले एकजना ९४ वर्षका वृद्धलाई उपचार गराउन लिएर आएको थियो’, गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘यहाँबाट कसैलाई रिफर गरेर कतै पठाएका पनि छैनौं। कसैलाई डिस्चार्ज गरेर पनि पठाएका छैनौं।’ 

निजीस्तरबाट गोरखामा आमा बा अस्पताल, एपोलो अस्पताल र बरदान अस्पताल सञ्चालित छन्। उनीहरुमध्य एपोलो अस्पतालमा एक जना बिरामी एम्बुलेन्समा उपचार गराउन पुगेका डाक्टर सन्तोष मास्केले बताए। अन्य कुनै अस्पतालले पनि एम्बुलेन्स चढेर बिरामी उपचार गर्न आएको जनाएका छैनन्। 

दिनभर कुदिँरहेका एम्बुलेन्सलाई प्रहरी तथा ट्राफिक प्रहरीले पनि निगरानी गरेको थिएन। एम्बुलेन्समा पक्कै पनि बिरामी सवार हुन्छन् भन्ने मान्यताका कारण निगरानी नगरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकबहादुर बिक बताउँछन्। ‘बिरामी बोकेको होला भनेर हामीले एम्बुलेन्सलाई चेकजाँच गरेनौँ’ सई बिकले भने, ‘यात्रु ओसारेको वा बिरामी ओसारेको बारे अब निगरानी बढाउनेछौं।’

एम्बुलेन्समा अन्य यात्रु ओहोरदोहोर गरेको बारे गुनासो सुन्नमा आइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। ‘एम्बुलेन्समा मानिस ओहोर दोहोर गरेको गुनासो आएको छ’ प्रजिअ पौडेलले भने ‘हामी अब एम्बुलेन्सलाई पनि निगरानी बढाउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.