चार्टर्ड जहाजमा ५८ पर्यटक पोखराबाट काठमाडौं उडे
![चार्टर्ड जहाजमा ५८ पर्यटक पोखराबाट काठमाडौं उडे](https://annapurnapost.prixacdn.net/media/albums/yati-air-news-photo-pokhara_20200327114728_Jqi7jskKUO.jpg)
पोखरा : कोरोना भाइरसको महामारी रोक्न लागु गरिएको लकडाउनका कारण अलपत्र परेका ५८ जना पर्यटक शुक्रबार पोखराबाट काठमाडौं उडेका छन्।
यति यएयरलाइन्सको चार्टर्ड जहाजबाट शुक्रबार ५ बजेर ४५ मिनेटमा स्वीट्जरल्यान्ड फ्रान्स, जर्मनीसहित विभिन्न देशका पर्यटक काठमाडौं उडेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
पदयात्राबाट फर्किएका ती पर्यटकका लागि सम्बन्धित देशको दूतावासले जहाज चार्टर्ड गरेको हो। पदयात्राबाट फर्किएका पर्यटकले आफ्नो दूतावासमा सम्पर्क गरी काठमाडौं लगिदिन आग्रह गरेका थिए।
पदयात्राबाट फर्किँदै गरेका अरू थुप्रै पर्यटक पोखरा फर्कने क्रममा छन्। बिहीबार बुद्ध एयरको चार्टर्ड जहाजमार्फत् ५८ जना फ्रान्सेली पर्यटक काठमाडौं गएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)