कोरोना संक्रमितको उपचार गर्न नर्भिक अस्पताल तयार
काठमाडौं : काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड–१९ कोरोना भाइरस संक्रमतिको उपचारका लागि आइसुलेसन कक्ष तयार पारेको छ । नर्भिकमा १५ शैय्याको आइसुलेसन कक्ष तयार गरिएको नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले जानकारी दिए।
सम्पूर्ण सुविधा भएको कक्ष तयार पारिएको र कोरोना संक्रमित बिरामी आएमा अस्पताल उपचारका लागि तयारी अवस्थामा रहेको चौधरीले बताए । अस्पतालका अध्यक्ष चौधरीका अनुसार अस्पतालको मूल भवनभन्दा छुट्टै आवश्यक सामग्री र चिकित्सकको व्यवस्थासहित बिहीबारबाट आइसुलेसन कक्ष सञ्चालनमा ल्याइएको हो।