कटुवालबाट कोरोनाको सन्देश (भिडियो)

कटुवालबाट कोरोनाको सन्देश (भिडियो)

बेनी :  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकीबाट सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आमसञ्चार माध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोना सम्बन्धी सन्देश प्रवाह गराइएको हो

कटुवालले कोरोना भाइरस फैलन नदिन अति आवश्यक कामबाहेक घरबाहिर नजान, भेला नगर्न, साबुन पानीले हात धुन, विदेशबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् । 

लकडाउनका कारण मानिसहरुलाई भेला पारेर कोरोनाको बारे जानकारी गराउन नमिल्ने भएपछि कटुवाल पूर्णबहादुर परियारलाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्चाउन) लगाएको अन्नपूर्ण गाउपालिका–६ घारका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । 

यसरी दिन्छन् कटवालले सूचना (भिडियो)

गाउँका सबैको घरमा आधुनिक सञ्चार माध्यमका पहुँच नभएकाले वनको आम्दानीबाट मासिक पाँच हजार तलब दिनेगरी कटुवाल नियुक्त गरिएको छ । सिजन अनुसार बाली पनि उठाउछन,’ उनले भने ‘गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणका सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल हुन् ।’ 

कटुवाललाई सहज होस भनेर वडा कार्यालयले एक थानहाते माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशन अनुसार सबै बस्तीमा पुगेर सूचना पु–याउने गरेको कटुवाल परियारले बताए । घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको जानकारी दिए । 

म्याग्दीका सबैजसो ग्रामिण बस्तीमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोप लगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । कोरोना रोकथामका लागि गरिएको लकडाउन कार्यान्वयन गराउन कटुवाल र माइकीङ गरेर सूचना प्रवाह गराएको धवलागिरी गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । 

सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउँपालिकाले तयार पारेको अडियो सन्देश बजाएको थियो । भित्रि बस्ती र सडक नपुगेका ठाउमा कटुवाललाई परिचालन गरिएको उनले बताए । 

धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्षमा कटुवालहरुलाई २३ वटा हाते माइक वितरण गरेको थियो । कटुवाल काम गर्ने अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेवापत सामुदायिक वन लगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजन अनुसार बालीघरे प्रथा अनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ल्याला पाउँछन् । 

म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घारमा कोरोना रोकथामका लागि सन्देश प्रवाह गराउदै कटुवाल । भिडियो सौजन्य ठगराज बरुवाल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.