'इमर्जेन्सी सेवा नरोक्नू'

'इमर्जेन्सी सेवा नरोक्नू'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी र निजी अस्पताललाई इमर्जेन्सी सेवा संचालन गर्न अनुरोध गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एमर्जेन्सी सेवा सूचारु गर्न अनुरोध गरेका हुन्।

उनले हरेक अस्पतालमा ज्वरोको केस आउने भन्ने वित्तिकै डराउने प्रवृत्ति बढेको भन्दै यसलाई तत्काल रोक्न आग्रह गरेका छन्।

'कोभिड-१९ को संक्रमणबाहेक अन्य रोगमा पनि ज्वरो आउँछ। बिरामीले अस्पतालमा सेवा लिन आउँदा थप जटिलतामा गएर मृत्यु हुने संभावना हुन्छ,' उनले भने, ' कृपाया सबै अस्पतालले कुनै पनि एमर्जेन्सी सेवा नदिने नगर्नुहोला।' 

उनले यो कुरा स्वास्थ्य मन्त्रालयले गम्भीर रुपले हेरिरहेको पनि बताए। इमर्जेन्सी सेवा संचालनबारे सम्बन्धित अस्पताल र चिकित्सकसँग कुरा भइरहेको प्रवक्ता देवकोटाले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.