लकडाउनको समयमा काठमाडौंका ११ स्थानमा तरकारी बजार

लकडाउनको समयमा काठमाडौंका ११ स्थानमा तरकारी बजार

काठमाडौं : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौं महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११  स्थान निर्धारण गरेको छ। 

बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन कामपाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तय गरेको हो।  

कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ती ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिए । 'कालीमाटी तथा बल्खुको फलफूल बजारमा भीडभाड हुन नदिन हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराएका छौँ', उनले भने। ढकालका अनुसार ती स्थानबाट उपभोक्तालाई सबैखाले फलफूल र तरकारी उपलब्ध गराइनेछ। 

भीडभाड कम गर्नकै लागि हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द  रहेको छ। अहिले कामपाले सञ्चालनमा ल्याएको तरकारी बिक्री वितरणस्थलहरु सम्बन्धित स्थानमा वडा कार्यालयको सहयोग र समन्वयमा रहेको पनि कामपाले जानकारी गराएको छ। कामपाले लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त बिक्री स्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्नेछन्।

त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.