तरकारीले बजार पाएन : लकडाउनले बारीमै नष्ट गरिए काँक्रा

तरकारीले बजार पाएन : लकडाउनले बारीमै नष्ट गरिए काँक्रा

गोरखा : गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठ आफ्नो बारीको काँक्रोको भारी बोकेर बिहान तीनबजे फिस्लिङ बजार गइन् । लकडाउनका कारण बाटोमा तगारो हालेका थिए । तगारो हटाउलान् र बजारमा पुर्‍याउँला भनेर कुर्दाकुर्दै रातीको १० बज्यो । रोइकराइ गर्दागर्दै बल्लतल्ल बजारमा त पुर्‍याइन् तर गाडी ठप्पै भएकाले उनको काँक्रो किन्न कोही आएनन् । 

‘बाटो छेक्नेको र पुलिसले लखेट्ला भन्ने डर त छँदै छ रोग पो सल्किने हो कि भन्ने पनि डर छ । डरैडरमा मुसा जस्तो भएर छिरेर बल्लतल्ल फिस्लिङ बजार पुगियो तर गाडी ठप्पै रहेछ, किन्न आउने कोही भएनन्’, उनले भनिन्, ‘१०, १२ भारी थियो । तीनदिनसम्म बोरै फुकाउन पाइएन । तीनदिनपछि हेर्दा त पहेँलपुर  भइसकेको थियो । आलु भएको भए, अरुथोक जस्तो भए त भकारी हालेर राख्नुहुथ्यो । पानी भएको जात, थुपारी राख्न पनि नमिल्ने । भीरमा फाल्दियौं ।’ अघिल्लो वर्ष नौ क्विन्टल बेचेको, अहिले सखापै भएको उनले भनिन् ।

उनले मात्र होइन, खानीखोलाका ११ घर किसानले बेच्ने बेला भएको काँक्रो नष्ट गरिदिएका छन् । ‘कति फाल्यो, फाल्यो । कोही भीरमा लगेर फाल्देको छ । कोही तगारोमा थुपार्दिएको छ । कोही बाख्रालाई, कोही गाईगोरुलाई खान दिएको छ’, अर्की किसान दुर्गा श्रेष्ठ भन्छिन्, ‘कसैले काँक्रोबारीमा बस्तु चराइदिएका छन् । अब के गर्ने त चित्त बुझाउनै पर्ने रहेछ, ज्यान रहे अर्को वर्ष कमाउँला भनेर ।’ यसवर्ष जग्गाको भाडा ३० हजार रुपैयाँ पनि तिर्न नसक्ने उनले बताइन् । 

किसानहरुले यहाँ काँक्रोलगायत तरकारी लगाउन लाखौं रुपैयाँ ऋण लिएका छन् । आम्दानी नहुने भएपछि बैंकको किस्ता पनि तिर्न नसक्ने भन्दै किसानहरु चिन्तित भएका स्थानीय लीलामान श्रेष्ठको भनाइ छ । ‘हामीले व्यवसायिक तरकारी खेती गर्न थालेको नौ दस वर्ष भयो’, उनले भने, ‘प्राय सबै घरले छ सात लाख रुपैयाँ कमाउँथे । तर यस्तो दुर्भाग्य भएको त अहिले नै हो । सबैले बैंकमा ऋण लिएका छन् । ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने ?’

गण्डकी गाउँपालिका वडा नं. ६, ७ र ८ असाध्यै राम्रो तरकारी खेती हुने ठाउँ भएको तर व्यवस्थापन गर्न नसक्दा किसान मर्कामा परेको गाउँपालिकका अध्यक्ष होमबहादुर राना मगरको भनाइ छ । यहाँका सयौं किसानले उत्पादन गरेको तरकारी काठमाडौंको कालीमाटी तरकारकारी बजारमा बिक्री हुने गरेको तर गाडी नचल्दा सबै किसानको तरकारी खेती खेर गइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.