नोसोकोमियल संक्रमणको जोखिम

नोसोकोमियल संक्रमणको जोखिम

चिकित्सा विज्ञानमा नोसोकोमियल संक्रमण अस्पतालबाट मानिसमा हुन सक्ने संक्रमणको रूपमा परिभाषित गरिएको छ। ग्रिक भाषाको दुइटा शब्द ‘नोसोस’ अर्थात् रोगहरू र ‘कोमियन’ अर्थात् त्यसबारे ख्याल गरिनुपर्ने भन्ने आशय मिलेर नोसोकोमियल संक्रमण भन्ने शब्दाबली चिकित्सा विज्ञानमा अस्तित्वमा आएको हो। अस्पताल भर्ना गरेको ४८ घण्टापछि कुनै बिरामीलार्ईस्वास्थ्य केन्द्रभित्रकै कारणहरूबाट देखिने संक्रमणलार्ई नोसोकोमियल संक्रमण भनिन्छ। यसका अलावा अस्पतालमा भर्ना भएका बिरामीहरूका कारण अन्य व्यक्तिलार्ई हुने संक्रमणलार्ई पनि नोसोकोमियल संक्रमण भनिन्छ।यद्यपि,विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि संक्रामक रोगका कारण अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य बिरामीहरूमा हुने संक्रमणहरू पनि नोसोकोमियल संक्रमणभित्र पर्दछ। नोसोकोमियल संक्रमणको अवधारणा दार्शनिक इभान इलिचले आफ्नो प्रख्यात कृति मेडिकल नेमेसिसमा चर्चा गरेको क्लिनिकल इयाट्रोजेनेसिसको अवधारणासँग पनि नजिक सुनिन्छ। उनका अनुसार चिकित्सा विज्ञानको क्षेत्रमा हुने अप्रभावकारी, असुरक्षित र गलत उपचार विधिलार्ईक्लिनिकल इयाट्रोजेनेसिस भनिन्छ।

 विश्व स्वास्थ्य संगठनको अनुसारअस्पतालजस्ता स्वास्थ्य केन्द्रहरूबाट हुने संक्रमणको कारण संसारभर हरेक वर्ष लाखौं मानिसहरू ज्यान गुमाउन बाध्य हुन्छन्। अस्पतालमा हुने संक्रमण, चिकित्साकीय लापरबाही र गलत उपचार विधिको कारण पनि संसारमा धैरै मानिसहरूको ज्यान गइरहेको हुन्छ। अस्पतालमा भाइरस, ब्याक्टेरिया तथा ढुसीहरूको कारण पनि नोसोकोमियल संक्रमणहरू हुने गर्दछ। यस अतिरिक्त नयाँनयाँ कीटाणुहरूले मानव सभ्यतालार्ई चुनौती दिनु, ब्याक्टेरियाहरू विरुद्व चलनचल्तीमा भएका एन्टिबायोटिकहरूले काम नगर्नु पनि नोसोकोमियल संक्रमणका कारणहरू हुन्। यसको अलावा भेन्टिलेटरमा बिरामी राख्दा हुने न्युमोनिया, मूत्रनलीमा क्याथेटर पाइप राख्दा वा शल्यक्रिया गरेको ठाउँमा देखापर्ने संक्रमणहरू नोसोकोमियल संक्रमणका केही उदाहरण हुन्। राजधानीको एक स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातानुकूलित यन्त्रमा केहीअघि क्लेवसिला समूहको ब्याक्टेरिया हुर्कंदा त्यसको संक्रमणबाट थुप्रै नवजात शिशुहरूको ज्यान गएको तथ्य सम्बन्धित संस्थाको प्रतिष्ठामा आँच आउने डरले गुपचुप बनाइएको थियो। यसर्थ, नोसोकोमियल संक्रमणको पाटोमा आमजनता तथा सम्बन्धित सरोकारवालाहरू सचेत हुनु आफैंमा महत्वपूर्ण हुन जान्छ। 

अस्पतालजस्ता स्वास्थ्य केन्द्रहरूबाट हुने संक्रमणका कारण संसारभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाइरहेका छन्। निजी स्वास्थ्य संस्थाहरूले ढोका बन्द गर्नु र आर्यघाटमा मृतकको संख्या कम हुनुमा कतै नोसोकोमियल संक्रमणको भूमिका त छैन ?

कोभिड १९ का बिरामीलार्ई उपचार गर्न नचाहेर नेपालमा निजीस्वास्थ्य संस्थाहरूले नियमित सेवाहरूबाट पछाडि हटेको अवस्थामा आर्यघाटमा आउने मृतकहरूको संख्यामा कमी आउनु आफैंमा सोचनीय विषयवस्तु वनेको छ। बाघ कराउनु र बाख्रो हराउनु एकैपटक भने जस्तै निजी स्वास्थ्य संस्थाहरूले बिरामीहरूका लागि ढोका बन्द गर्नु र आर्यघाटमा मृतकको संख्या कम हुनुमा कतै नोसोकोमियल संक्रमणको त भूमिका छैन भन्ने प्रश्न उठेको छ। उसो त निजीमा मात्र नभई नेपालको परिप्रेक्ष्यमा सरकारी अस्पतालहरूमा पनि नोसोकोमियल संक्रमण जोखिम उत्तिकै मात्रामा हुने गर्दछ। तसर्थ, अस्पतालबाट हुन सक्ने संक्रमणको जोखिममा कोभिड १९ को पाटो पनि अन्तरसम्बन्धित हुने हुनाले यस सन्दर्भमा स्वास्थ्य केन्द्रहरूलार्ईव्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले थप मजबुत बनाउनुपर्ने चुनौती देखापरेका छन्। 

सेल्फिस जिन नामको सामाजिक सिद्धान्तले मानिसले आफू तथा आफ्नो जिनलार्ई बचाउन सहयोग गर्ने मानिसहरूलार्ई बढी आदर र माया गर्छ भन्ने तर्कलार्ई अगाडि सार्छ। सदीयौंदेखिको कुपोषित स्वास्थ्य प्रणाली भएको देशमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको पाटो कहिल्यै अहं मुद्दा बन्न सकेन। नेपालमा मात्र नभई व्यवसायजन्य संक्रमणका कारण धेरै स्वास्थ्यकर्मीहरूलार्ई संक्रामक रोग लाग्ने र ज्यानसमेत गएको थुप्रै दृष्टान्त छन्।आज आएर कोभिड १९ को संक्रमणले प्रत्येक व्यक्तिको जीवनमा जोखिम निम्त्याउन सक्ने हुनाले ज्यान बचाइदिने आशामा एक्कासिस्वास्थ्यकर्मीहरूबाट बढी नै अपेक्षा गरिँदैछ। अपेक्षा गर्नु स्वाभाविक मानवीय स्वभाव नै हो। यथोचित जनअपेक्षाहरूको न्यायोचित तरिकाले सम्बोधन गर्नु राज्यको दायित्व हो। तर जनअपेक्षा र जिम्मवारीको बीचमा विज्ञानले काम गरेन भने अपेक्षाकृत नतिजाहरू हासिल गर्न सकिँदैन। 

नेपाल सरकारले कोभिड १९ को मुकाबिलाका लागिस्वास्थ्यकर्मीहरूलार्ई अग्रदस्ताको सेना मानेर शतप्रतिशत भत्ता कायम गरेको बारम्बार दोहोर्‍याउँदै आएको छ। यद्यपि, अग्रदस्तामा रहेर काम गर्ने चिकित्सक, नर्स, मिडवाइफ, प्रयोगशाला प्रविधिज्ञ तथा अस्पतालका अन्य कर्मचारीहरूले व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सवालमा भने कम ध्यान पुगेको देखिन्छ। नेपालजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको मुलुकमा प्रत्यक्ष देखिने मात्र नभई अप्रत्यक्ष तहमा भएका समस्याहरूको नजरअन्दाज गर्नु पनि एउटा विशेषता नै हो। 

स्मरण रहोस्, स्वास्थ्यकर्मीको ज्यानमा तलमाथि भएमा सरकारले दिने भत्ता र ५० लाख रुपैयाँको बिमा रकम कुनै पनि व्यक्तिको ज्यानको मूल्यको अगाडिनिम्छरो सहानुभूति मात्र हो। कोभिड १९ को भाइरसको चरित्रलाई मनन गरेर केही स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा सामग्री पाए काम गर्ने, नत्र नगर्ने सीधै उद्घोष गरिसकेको अवस्था पनि छ। निजी अस्पतालहरूले त गेटबाट नै बिरामी फर्काउने जस्तो गैरपेसागत रवैया देखाइसकेको अवस्था छ। सरकारी अस्पतालहरूमा पनि कोभिड १९ को शंकामा जँचाउन गएकाहरूले न्यूनतम मानवीय सम्मान नपाएको गुनासो पोखेका छन्।यस्तो अवस्थामा सरकारले स्वास्थ्यकर्मीहरूको लाइसेन्स खोस्ने वा कारबाही गर्ने जस्ता धम्कीपूर्ण भाषाहरू बोल्नुभन्दा स्वास्थ्यकर्मीहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेतर्फ व्यापक अभ्यास गर्नु जरुरी हुन्छ। 

स्वास्थ्यकर्मीहरूलाई व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पाटोमा यथेष्ट मात्रामा सचेतना दिन सकेमा मात्र शारीरिक र मनोवैज्ञानिक दुवै रूपमा कार्यस्थलमा उनीहरूले गर्ने भूमिका प्रभावकारी हुन्छ। स्वास्थ्यकर्मीहरूले आइसोलेसन वार्डमा नै राखेको बिरामीको कोरोना शंका गर्दैमा टाढैबाट औषधि फाल्नुपर्ने स्थिति व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पाटोमा भइरहेको न्यून लगानीको प्रतिफल हो। स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाको प्रश्न गौण बनाएर कोभिड १९ को तीव्र संक्रमण दर रोक्न नसकिने यथार्थ बेलैमा तत्वबोध गर्नु अनिवार्य हुनेछ। 

केही दिनयता नेपाल सरकारले कोभिड १९ को परीक्षणको दायरा बढाएर उपत्यकाबाहिर पनि थुप्रै ठाउँमा कोभिड १९ को परीक्षण गर्ने नीति लिएको छ। यस अवस्थामा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको सवालमा थप काम गर्नुपर्ने अवस्था आएको छ।स्वास्थ्यकर्मी तथा प्रयोगशाला प्रविधिज्ञहरूले नै शंकास्पद तथा अन्य व्यक्तिको समीपमा पुगेर गरिने परीक्षणको सवालमा पनि व्यक्तिगत सुरक्षाको पाटो महत्वपूर्ण देखिन्छ। यस प्रक्रियामा खटिने प्रयोगशाला प्रविधिज्ञ तथा प्रयोगशालाभित्र कायम गरिनुपर्ने व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पाटोको भने गम्भीरता देखिएको छैन। साथै कोभिड १९ बाट संक्रमित व्यक्ति तथा शंकास्पदहरूको स्राव प्रयोगशालामा पुगेपछि सम्बन्धित अस्पतालहरूले संक्रमण हुन नदिन पालना गरिनुपर्ने स्वास्थ्यसुरक्षाको सवालमा पनि कम चर्चा भएको देखिन्छ। 

विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकामा अस्पतालसँग सम्बन्धित अन्य पक्षहरू जस्तै गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्ने, सम्बन्धित देशको राष्ट्रिय प्रयोगशालाले बनाएको मापन निर्धारण गर्ने र आवश्यक प्राविधिक ज्ञानका लागिस्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित गर्नुपर्ने मान्यता अघि सारेको छ। स्वास्थ्यकर्मीहरू तथा प्रयोगशाला प्रविधिज्ञहरूमा कोभिड १९ बाट संक्रमित बिरामी तथा उनीहरूबाट संकलन गरिएको स्रावको सही तरिकाले व्यवस्थापन गर्ने ज्ञानको कमी हुनेबित्तिकै नोसोकोमियल संक्रमणको खतरा बढेर जान्छ। कोभिड १९ को परीक्षण गर्दा नमुना संकलन विधि पनि सही तरिकाले नभएमा शंकास्पद व्यक्तिसँग भएको संक्रमणको स्थिति पत्ता नलाग्ने देखिन्छ। सही र सुरक्षित तरिकाले नमुना संकलन गर्न नसकेको खण्डमा स्वयं प्रयोगशाला प्रविधिज्ञहरू नै संक्रमित भएर उनीहरूबाट नै समाजमा अन्यलाई संक्रमण हुन सक्ने स्थिति आउन सक्दछ।

 विश्व स्वास्थ्य संगठनले कोभिड १९ का लागि परीक्षण गर्ने प्रयोगशालाहरू बायोसेफ्टी लेभल २ को हुनुपर्ने तथ्य प्रयोगशालासम्बन्धी निर्देशिकामा सार्वजनिक गरेको छ। यसका लागि प्रविधिज्ञहरूलाई प्रशिक्षित गर्नुपर्ने व्यक्तिगत सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्यको पाटोमा ध्यान पुर्‍याउनुपर्ने पाटाहरू उल्लेख गरिएका छन्। कोभिड १९ को परीक्षणमा जुट्ने प्रयोगशाला प्रविधिज्ञ तथा अन्य स्वास्थ्यकर्मीहरूले यस प्रक्रियामा थुप्रै व्यावहारिक समस्या भोग्नुपरेको यथार्थ बताएका छन्। 

स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षाका सामग्रीहरू लगाउनेर फुकाल्ने तरिकामा नै अलमल परेको देखिन्छ। एकातिर पीपीईको नाममा निम्न गुणस्तरको गाउन गाउँगाउँमा पुुगेको तीतो यथार्थ छ। विशेष रूपले प्रयोगशाला प्रविधिज्ञहरूलाई नमुना संकलन गर्ने सही विधिबारे पनि आवश्यक परामर्श कक्षाहरू सञ्चालन गरिएको छैन। सरकारलेवर्तमान अवस्थामा अवलम्बन गरेको परीक्षण विधि एन्टिजन जाँच गर्ने पीसीआर (पोलिमेरेज चेन रियाक्सन) विधि हो। यस जाँचका लागि आवश्यक नाक तथा घाँटीको स्राव लिने बेलामा नै प्रयोगशाला प्रविधिज्ञहरूलाई संक्रमणको जोखिम हुन सक्छ। 

त्यस्तै र्‍यापिड किट टेस्ट एन्टिबडी जाँच्ने प्रक्रिया हो। यस प्रक्रियामा पनि प्रविधिज्ञहरू रगतको नमुना संकलन गर्न शंकास्पद व्यक्तिको नजिक जानुपर्ने हुन्छ। वैज्ञानिकहरूको भनाइअनुसार कोभिड १९ लक्षण नदेखिने अवस्थामा पनि सर्ने भएकाले कमसल गुणस्तरको व्यक्तिगत सुरक्षा सामग्री प्रयोगशाला प्रविधिज्ञहरूले लगाएर नमुना संकलन गर्नु आफैंमा जोखिम निम्त्याउनु हो। विश्व स्वास्थ्य संगठनअनुसार कोभिड १९ को परीक्षण गर्न तोकिएको प्रयोगशालामा जोखिम मूल्यांकन गर्नु महत्वपूर्ण हुन्छ। कमसल पूर्वाधार, अव्यवस्थित कार्यस्थल र अर्धदीक्षित जनशक्ति र कमजोर प्रविधि आफैंमा नोसोकोमियल संक्रमणको जोखिम बढाउने तत्व हुन्। 

कोभिड १९ को नमुनाको प्रयोगशाला परीक्षण गर्दा होस् वा संक्रमित व्यक्तिलाई वार्डमा राखेर गरिने उपचारको सिलसिलामा नोसोकोमियल संक्रमण रोक्नथुप्रै पाटोहरूमा ध्यान दिनुपर्ने हुन्छ। वुहानको रोग नियन्त्रण तथा रोकथाम गर्ने विभागले जारी गरेको निर्देशिकामा स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरूको जानकारी दिइएको छ। जसअनुसार, कोभिड विशेष अस्पताल, आइसोलेसन वार्ड तथा प्रयोगशालाहरूमा स्वास्थ्यकर्मीहरूका लागि एकपटक प्रयोग गरेर फाल्न सकिने किसिमका टोपीहरू, सर्जिकल मास्क, आँखा छोप्ने चस्मा, काम गर्ने सेता गाउनहरू, पञ्जाहरू, जुत्ता छोप्ने खोलहरूको आवश्यक पर्छ। साथै, मुख टम्म बन्द भएको बेलामा अक्सिजनको बहाव राम्रोसँग हुने पोजिटिभ एयर प्रेसर भएको रेस्पिरेटर अर्थात् गुणस्तरीय मास्कहरू पनि आवश्यक पर्छ। 

नेपालको सन्दर्भमा भने आफ्नै तवरमा सिलाएका व्यक्तिगत सुरक्षा सामग्रीहरूको प्रयोगमा होडबाजी चलिरहेको छ। प्राविधिक सामग्रीहरूको गुणस्तर मापन गर्ने प्रविधि र दक्ष जनशक्ति आफैंमा दुर्लभ भएको देशमा आफ्नै तवरबाट बनेका पीपीईहरू कतिसम्म सुरक्षित छन् भन्नेबारे प्रश्न उठाउन सकिने थुप्रै ठाउँ देखिन्छन्। संक्रमणको जोखिमबाट बच्न एकमात्र उपाय शरीर ढाक्ने गरी सेतो गाउन लगाउनु हो भन्ने किसिमको साँघुरो मान्यता बढी नै प्रबल हुँदै गएको छ। 

यस अतिरिक्त व्यक्तिगत रूपमा स्वास्थ्यकर्मीहरूले लगाउने पोसाकबाहेक उनीहरूले पालना गर्नुपर्ने हातको सफाइ, वार्डको व्यवस्थापन काम गर्ने कार्यस्थललाई निर्मलीकरण गर्ने र परीक्षण तथा बिरामी उपचारपछि निस्किएका फोहोरको व्यवस्थापन जस्तो पाटोमा पनि उत्तिकै ध्यान पुर्‍याउनु पर्छ। आइसोलेसनमा भर्ना गरिएका बिरामीहरूको हेरचाह गर्ने बेलामा होस् वा उनीहरूको अन्य प्यारामेडिकल जाँच गर्ने बेलामा होस् नोसोकोमियल संक्रमणको खतराबारे स्वास्थ्यकर्मीले हेक्का राखिरहनु पर्छ। यसका लागि पटकपटक हात धुनेदेखि आवश्यक सरसफाइकालागि पानी पनि प्रशस्त मात्रामा आवश्यक हुन्छ।खानेपानीको व्यवस्थापन सहज तरिकाले नहुने अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूको सवालमा भने कोभिड १९ को मामलामा ध्यान दिनुपर्ने व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पाटो झनै चुनौतीपूर्ण हुने देखिन्छ। 

विज्ञान नबुझ्ने राजनीति र भ्रष्टाचारमा लिप्त स्वास्थ्य प्रणाली भएको देशमा नेतृत्वपंक्तिको अज्ञानताको प्रतिफल अन्ततोगत्वा स्वास्थ्यकर्मीहरूले नै भोग्नुपर्ने हुन्छ। संकटको घडीमा स्वास्थ्यकर्मीलाई अग्रदस्ता भनेर फुक्र्याउन नछोड्ने तर अग्रदस्ताका लागि आवश्यक ज्ञान र प्रविधिको लगानीमा ध्यान नदिने अदूरदर्शी व्यवस्थापनको चरित्र नै हो।

तसर्थ, कोभिड १९ को संक्रमण तीव्र रूपमा पैmलिएर अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूमा बिरामीको भार बढ्न गएमा अस्पतालभित्रकोव्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको पाटोमा बढी नै ध्यान पुर्‍याउनुपर्ने हुन्छ। धेरै बिरामीहरूलाई साँघुरो ठाउँमा राख्नु र बिरामीलाई पटकपटक ठाउँ सार्नु जस्ता कारणहरूलेपनि नोसोकोमियल संक्रमणको जोखिम निम्त्याउन सक्ने हुन्छ। कोभिड १९ को शंकास्पद र संक्रमित दुवै किसिमका बिरामीहरूले नोसोकोमियल संक्रमण बढाउन सक्ने हुन्छ। 

प्रयोगशाला जाँचबाट कोभिड १९ प्रमाणित भइसकेको अवस्थामा पनि उनीहरूबाट स्वास्थ्यकर्मी तथा अन्य बिरामीहरूलाई समेत कोभिड १९ को संकमण हुन सक्दछ। खराब स्वास्थ्य व्यवस्थाको धेरै सूचकांकहरूमध्ये अस्पतालमा गरिनुपर्ने सरसफाइ तथा निर्मलीकरणको अभ्यासमा कम ध्यान दिनु हो। कोभिड १९ को भाइरसको लिथालिटी अर्थात् यस रोगसँग जोडिएको जोखिमको चरित्र फरक भएकोले स्वास्थ्यकर्मीहरूलाईकोभिड केन्द्रित अतिरिक्त परामर्शहरू यथाशीघ्र चाँडै प्रदान गरिनु पर्छ। सम्भावित तीव्र संक्रमणको जोखिमलार्ई न्यूनीकरण गर्ने अनेक तयारी गरिँदा समुदायमा कोभिड १९ को संक्रमण फैलिन सक्ने सूक्ष्म सम्भावनाहरूबारे ध्यान दिनु महत्वपूर्ण हुनेछ। कोभिड १९ का लागि खोलिने विशेष अस्पताल, क्वारेन्टाइन कक्ष वा आइसोलेसन वार्डहरूमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको पाटोमा ध्यान दिएर नोसोकोमियल संक्रमणलाई निषेध गर्न सम्बन्धित सरोकारवालाहरू सबैको ध्यान जान जरुरत देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.