लकडाउनको २२ औं दिनमा सुनसान मनकामना

लकडाउनको २२ औं दिनमा सुनसान मनकामना

मनकामना : प्रसिद्ध धार्मिकस्थल मनकामनाका होटल व्यवसायीले लकडाउन अवधिको भाडा मिनाहा गरिदिन माग गरेका छन् । होटल नचलेका बेला पनि मासिक सरदर एकलाख रुपैयाँसम्म भाडा तिर्नुपर्दा समस्या भएकाले यो अवधिको भाडा मिनाहा गर्न ब्यबसायीले माग गरेको गोरखा उद्योगवाणिज्य संघ, मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

‘मनकामना बजारमा करिब दुईसय २० जना व्यवसायी छन्’, श्रेष्ठले भने, ‘उनीहरुमध्ये करिब ३० प्रतिशत घर भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने छन् । वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायीलाई लकडाउनका कारण ठूलो समस्या भएको छ । उनीहरूले कमाइको आशा नगरे पनि घरभाडा मिनाहा भइदिए हुने भनेका छन् ।’ 

घरवालाहरु पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय विपत्तिका बेला सबैले सहमति गर्ने हो भने नलिन तयार रहेको श्रेष्ठले बताए । ‘कसैले लिने, कसैले नलिने होइन, सबैजना सहमत भए भने सल्लाह गरेर नलिने निर्णय गरुँन् भन्ने कुरा भएको पनि छ’, इकाइका अध्यक्ष श्रेष्ठले भने, ‘तर सो घर बनाउँदा लिएको ऋणको किस्ता पनि बैंकले मिनाहा गरिदिनुपर्ने उहाँहरुको तर्क छ ।’ बैंकको किस्ता मिनाहाको प्रक्रिया अघि बढाउने विषयमा जिल्लाबाट पहल अघि बढ्नु पर्ने उनले बताए । 

लकडाउनका कारण बिगत तीनसातादेखि मनकामना बजार क्षेत्र सुनसान बनेको छ । दैनिक करिब चारहजार जना भक्तजनको घुइँचो लाग्ने मनकामना क्षेत्रमा फुटपाथमा बसेर मागेर खाने र गाडीबाट सामान बोकेर साहुजीको घरसम्म पुर्‍याउने भरिया लकडाउनका कारण प्रत्यक्ष समस्यामा परेको इकाइका सचिव दीपेन्द्र श्रेष्ठको भनाइ छ । ‘फुटपाथमा बसेर मागेर खाने पाँच छ जना र लोडअनलोडको काम गर्ने २०, २२ जना भरियाहरुको अहिले बिचल्ली भएको छ’, सचिव श्रेष्ठले भने, ‘उनीहरुको हकमा गाउँपालिकाले राम्रै व्यबस्था गरिदिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.