शिकार खेल्न गएका युवाको लडेर मृत्यु

शिकार खेल्न गएका युवाको लडेर मृत्यु

गोरखा : शिकार खेल्न जङ्गलमा गएका एक युवाको लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका ३ देवल गाउँका कान्छा गुरुङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

३० वर्षका गुरुङको गत चैत ३० गते धार्चे गाउँपालिका १ तिर्पाङडाँडाबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको साथमा अरु पाँचजना पनि शिकार खेल्न गएका प्रहरीले जनाएको छ ।

सिर्दिबास प्रहरीचौकीका प्रहरी र देवल गाउँका सात जना स्थानीयबासी घटनास्थलतर्फ गएका छन् । घटनास्थल फिलिम गाउँबाट मानवबस्तीबिहिन जंगलजंगलै दुई दिनको बाटो टाढा रहेको वडाअध्यक्ष रामकुमार गुरुङले बताए । 

‘प्रहरी र गाउँले खाद्यान्न र भाँडाकुँडा बोकेर घटनास्थलतर्फ गएका छन्’, उनले भने, ‘जहाँ खानेपानी पाइन्छ त्यही खाना बनाएर खानुपर्छ, जहाँ ओढार छ, त्यहीँ सुत्नुपर्छ ।’ उनीहरु चारदिनपछि मात्र फर्कने र विस्तृत विवरण जानकारी हुने उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.