गोरखामा सय जनाको आरडिटी टेष्ट : शंकास्पद रिपोर्ट छैन
गोरखा : बुधबार गोरखाका तीन स्थानीय तहका एकसय जनाको एण्टिबडी परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय तथा स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) प्रविधिमार्फत एण्टिबडी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।
अर्यालका अनुुसार धार्चे गाउँपालिकाका ३५ जनाको, अजीरकोट गाउँपालिकाका ३४ जनाको र सिरानचोक गाउँपालिकाका ३१ जनाको एण्टिबडी परीक्षण गरिएको थियो । उनीहरु सबैको रेकर्ड सामान्य रहेको अर्यालले बताए ।
शंकास्पद नदेखिएकाले स्वाब परीक्षणका लागि पठाउन नपरेको उनले बताए । बिहिबार पालुङटार नगरपालिकाको दुई वटा केन्द्रमा परीक्षण गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !