गोरखा जोड्ने पुलमा जताततै अवरोध : केरौंजा जोड्ने दुई पुल भत्काइयो

गोरखा जोड्ने पुलमा जताततै अवरोध : केरौंजा जोड्ने दुई पुल भत्काइयो

गोरखा : गाउँगाउँका अवरोध तत्काल हटाउने भनी जिल्लास्तरको सर्वदलीय बैठकले निर्णय गरेको भोलिपल्टै धार्चे गाउँपालिका २ केरौंजाका बासिन्दाले दुईवटा पुल भत्काएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न भन्दै केरौंजा प्रवेश गर्ने बूढीगण्डकीमाथिको दुई वटा पुल भत्काएका स्थानीय कमल गुरुङले जानकारी दिए ।

केरौंजा प्रवेश गर्ने माछाखोलाको पुल र खोर्लाबेशीको पुल भत्काएको उनले बताए । ‘बाहिर गएका मान्छेहरु धमाधम गाउँमा आउन थाले । कसरी नियन्त्रण गर्ने भनेर हिजो राती बैठक भएको थियो’, उनले भने, ‘अनि गाउँ जोड्ने तीनवटै पुलको स्ल्याब निकाल्दिने  निर्णय भएको छ । त्यही निर्णय अनुसार अध्यक्षको नेतृत्वको टोलीबाट अहिले धमाधम पुल भत्काउने काम भएको हो ।’

ठाउँठाउँमा राखिएका अवरोधका कारण सर्वसाधारणमा विभिन्न समस्या आउन थालेपछि शुक्रबार सम्पन्न सर्वदलीय बैठकले त्यस्ता अवरोध तत्काल हटाउने निर्णय गरेको थियो । बाहिरबाट मान्छे प्रवेश नगरुन् भन्ने हेतुले स्थानीयबासीको सक्रियतामा बाटोमा ढुङ्गामुढा राखी अवरोध गर्दा बिरामी, बिरामी बोक्ने एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई समेत समस्या हुने हुँदा तत्काल त्यस्ता अवरोध हटाउने निर्णय नं ९ मा उल्लेख छ । 

आफूसँग समन्वय नै नगरी पुल भत्काएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । तत्काल पुल जस्ताको तस्तै बनाउन आग्रह गर्ने र अटेरी गरे कानून कारबाही हुने उनले बताए । 

पुल भत्काएको बारे जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पुल जस्ताको तस्तै बनाउन प्रहरीमार्फत निर्देशन गरिएको जानकारी दिए ।
पृथ्वीराजमार्ग र गण्डकी गाउँपालिका तथा शहीद लखन गाउँपालिका जोड्ने त्रिशुलीनदीमाथिका सबै झोलुङ्गे पुल पनि बन्द गरिएको छ । गण्डकी गाउँपालिका जोड्ने १५ वटा पुल र शहीद लखन गाउँपालिका जोड्ने पाँचवटा पुलमा अवरोध गरिएको वडाअध्यक्षहरुले बताएका छन् । ‘गण्डकी गाउँपालिकाको वडा नं. ६, ७ र ८ जोड्ने १५ वटा पुलमा अबरोध छ’, वडा नं. ७ का अध्यक्ष तुलसी रेग्मीले भने, ‘बिहान सातबजेदेखि १० बजेसम्म खुल्ला गरिन्छ र साँझ चारबजेदेखि पाँचबजेसम्म मात्र एक घण्टाका लागि खुल्ला गरिन्छ । अरु बेला बन्द हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.